ताप्लेजुङ : ताप्लेजुङका दुई ठुला विकास आयोजनामा केन्द्र र प्रदेश सरकारको तानातान चलेको छ ।

पहिले प्रदेशमार्फत नै आयोजना अघि बढाउने निर्णय उल्ट्उँदै संघीय सरकारले तमोर करिडोर र दोभान–ओलाङचुङगोला सडक फेरि आफैँले बनाउने निर्णय गरेको छ । केहीअघिको मन्त्रिपरिषद् वैठकले ताप्लेजुङका दुई ठूला योजनालाई संघीय सरकारमार्फत अघि बढाउन यसअघि प्रदेश सरकारमा पुगेको बजेटसमेत तानेर केन्द्रमा राख्ने निर्णय गरेको हो ।

संघीय मन्त्रिपरिषद्को वैठकले दोभान–ओलाङचुङगोला सडकखण्ड र धनकुटा, मुलघाट लुम्बुघाट, माझिटार, तमोर करिडोर ताप्लेजुङ, मदन भण्डारी मार्ग–बसन्तपुर गुफापोखरी ढुंगेसाँघु दोभान–ताप्लेजुङ सडक केन्द्र सरकार मातहत ल्याएको छ । केन्द्र सरकारले ती योजनाका लागि सम्बन्धित प्रदेशमा विनियोजित बजेटसमेत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरेको हो । य िआयोजना रातो किताबबाट हटेको भन्दै ताप्लेजुङमा सांसद योगेश भट्टराईको कडा आलोचना भएको थियो । सरकारको यो निर्णयपछि धेरैले प्रतिनिधीसभाका सांसद भट्टराईको प्रशंसा गरेका छन् ।

–नागरिक पूर्वेलीबाट