भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरुबाट ४ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेले जानकारी दिए । पक्राउ परेकाहरुको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीको भनाई छ । डबली मेलामा हिनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ ।