धरान: दुई दशकदेखि निन्तर आयोजना भइरहेको अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको २१ आंै सँस्करण आज दिउँसो २ बजेदेखि शुरु हुदैछ ।

धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा हुनेछ । प्रतियोगिताको फाइनल फागुन ४ गते हुनेछ । आज उद्घाटन खेल संकटा क्लब काठमाण्डौ र मेची नेत्रालय केएफटिसि, झापाबीच हुनेछ ।

दुवै टिमको संयोग

नेपाली फुटबलमा संकटा क्लब काठमाण्डौ परिचित हो भने मेची नेत्रालय केएफटिसि कमै नाम सुनिएको क्लब हो । तर, बुढासुब्बाको २१ औं सँस्करणसम्म आइपुग्दा संयोग कस्तो छ भने दुवैको यसपाली तेस्रो सहभागिता हो । तर, उपलब्धीको हिसाबले भने संकटा अघि छ । संकटा १९ औ सँस्करणमा उपविजेता बनेको टोली हो । केएफटिसि भने पहिलो पहिलो चरण पार गर्न सकेको छैन ।

दुवै टोली पहिलो पटक आमनेसामने हुदैछन् । त्यसैले पहिलो खेलबारे दुवै टोलीले कस्तो होला भन्ने अनुमान लगाउन सकिरहेको छैन । संकटा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपविजेता टोली हो । त्यसैले बुढासुब्बा गोल्डकपमा उसको प्रर्दशन प्रभावशाली हुने अनुमान गरिएको छ । तर, जारी सिजनमा केएफटिसिको प्रर्दशन पनि कम आक्न मिल्ने खालको छैन ।

Ruslan Ad

केएफटिसिले जारी सिजनमा २ प्रतियोगितामा सेमीफाइनल खेलेको छ । तर, ती खेलमा हार व्यहोरेको पीडाले केएफटिसि फाइनल खेल्ने तीब्र चाहना छ । उसले खप्तड गोल्डकप र इटहरीस्थित मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा सेमीफाइनल खेलेको थियो । खप्तडमा थ्री स्टारसँग सेमीफाइनलमा हारेको केएफटिसि इटहरीमा भने आर्मीसँग पराजित भएपछि फाइनल खेल्ने सपना अधुरो छ । त्यो सपनालाई केएफटिसि बुढासुब्बा गोल्डकपमा पुरा गर्न चाहन्छ ।

के भन्छन् दुवै टिमका प्रशिक्षक ?

IMG_2875

केएफटिसि झापाका प्रशिक्षक मिनबहादुर बस्नेत दुई पटक सेमीफाइनलमा भएको हारले आफुहरु घाइते बाघ जस्तै भएको बताउछन् । ‘दुई वटा सेमीफाइनलमा हारेका छौ, त्यसैले बुढासुब्बामा जारी पनि फाइनल पुग्नुछ,’बस्नेतले भने,‘संकटासँग खेलेका छैनौ, १५ मिनेट खेल हेछौ, र रणनीति बदल्छौ ।’ केएफटिसिको प्लेइङ सेटमा विशाल राई, खमिरजेसन कन्दङ्वा, पुजन उपरकोटी, दिलेन लोक्साम, योगेश गुरुङजस्ता ए डिभिजनका अनुभवी खेलाडी भएकोले आफु फाइनल खेल्नेमा ढुक्का भएको उनी बताउँछन् ।

यसअघि १९ औं बुढासुब्बा गोल्डकपको फाइनलमा पराजित भएर उपाधि चुम्न नपाएको संकटा यसपाली जसरी पनि उपाधि जित्न चाहन्छ । लिगमा उपविजेता बनेकोले संकटा लयमा छ । उसले लिगकै टोलीलाई बुढासुब्बामा उतार्नेछ । त्यसैले संकटाको टिम सेट र टिमवर्क राम्रो छ । ‘लिगकै खेलाडीहरु छन्, टिम सेट र टिमवर्क छ,’प्रशिक्षक राजेश शाक्यले भने,‘जित्नकै लागि खेल्ने हो ।’ संकटासँग ३ जना अफ्रिकन मुलका खेलाडी पनि छन् । ‘जुनियर र सिनियर खेलाडी छन्, तर मिलेर राम्रो टिमसेट छ,’उनले भने ।