सुनसरी:सुनसरीको इटहरी ४ स्थित श्रमिक मार्गमा जनसहभागितामा २४ दिनमै पक्की सडक निर्माण भएको छ ।

कुल ४ सय ३१ मिटर लामो इण्टरलकिङ ब्लक लगाएर सडक निर्माण गरिएको हो । उक्त सडकको एक कार्यक्रमबीच इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उदघाटन गरेका छन् । इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईका अनुसार नगरपालिकाको १५ लाख अनुदानमा स्थानीय उपभोक्ताको १४ लाख ८२ हजार लागत सहभागितामा सडक निर्माण गरिएको हो ।

पुष २० गते देखि निर्माण थालिएको सडक माघ १४ गते निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विश्वेश्वर शर्मा पोख्रलले जानकारी दिए । आधारभूत बस्तीमा ५० प्रतिशत लागतको सहभागिता जुटाएर बाटो निर्माण गरेकोमा मेयर चौधरीले टोलवासीलाई धन्यवाद दिएका थिए ।