पथरी: मोरङ्गको पथरीशनिश्चरेमा जारी नगरस्तरिय क्रिकेट प्रतियोगिताको शनिवारको खेलमा वडा नम्वर ७ विजयी भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा भएको क्रिकेट प्रतियोगीतामा वडा नम्वर ८ माथी ७ विकेटको जित हासिल गर्दै वडा नम्वर ७ दोश्रो चरणमा प्रवेश गरेको हो । टस जितेस व्याटिङ्ग गरेको वडा नम्वर ८ ले १४ ओभरमा खेल्दै सवै विकेट गुमाएर ८५ रन वनाएको थियो । वडा नम्वर ८ का फडिन्द्र पौडेलले २२ र अनिस श्रेष्ठले १२ रन वाहेक अन्य खेलाडीले दोहरो अंकको रन जोडन सकेनन् । वडा नम्वर ७का तर्फ वाट रुस्तम राईले ३, सुचन गुरुङ्ग र साहिल तामाङ्गले २/२ विकेट लिएका थिए भने विजय मगरले १ विकेट लिए ।

खेलमा ८६ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको वडा नम्वर ७ ले ११ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । विजेताका तर्फवाट म्यान अफ दि म्याच विजय मगरले नटआउट ५६ रनको योगदान दिए । विजय राईले २ तथा फडिन्द्र पौडेलले १ विकेट लिएका थिए । वर्षाका कारण वडा नम्वर २ र ५ विचको खेल भने रद्द गरिएको आयोजकले जनाएको छ । रद्द गरिएको खेल आइतवार खेलाइने भएको छ । प्रतियोगीताको फाइनल माघ २९ गते हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने वाडले नगद ३० हजार,दोस्रो हुनेले १५ हजार ट्रफि जित्ने छ । प्रतियोगीताका उत्कृष्ट वलर,उत्कृष्ट व्याष्टमेन, उत्कृष्ट फिल्डर, उदयमान खेलाडी र म्यान अफ दि सिरीज समेत पुरस्कृत हुने भएका छन् ।