पथरी:मोरङको पथरीशनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार आफ्नो १६ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा सस्थाले ९ जना एकल महिलाहरुलाई जनही २ हजार रुपैयाका दरले राहत रकम वितरण गरेको छ । संस्थाले जेष्ठ नागरिक ७४ वर्षीय छत्र राम अधिकारीलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको छ । यस्तै संस्थाले स्थापना दिवसको अवसरमा माघ २२ गते सम्पन्न गरेको “आर्थिक तथा सामाजिक रुपान्तणमा सहकारीको भुमिका” विषयमा वक्तृत्वकला प्रतियोगिताको विजेताहरु क्रमशः प्रथम, दोस्रो, तेस्रो हुने विद्यालयका विद्यालय न्यु प्यागोडा मा.वि, रेडस्टार मा.वि., वाल्मीकि मा.वि.का विद्यार्थीहरु युगलकिशोर अधिकारी, रिमा कार्की र सजना घिमिरेलाई क्रमशः नगद ३ हजार ५ सय, २ हजार ५ सय,र १ हजार ५सय रुपैया र प्रमाण पत्रले सम्मान गरीएको सस्थाका व्यावस्थापक गणेश कुमार राईले वताए ।

सस्थाको वार्षीक कार्यक्रमको तालिका अनुसार गत पौष २५ गते सम्पन्न रक्तदान कार्यक्रमका सहभागिहरु मध्येका सबैभन्दा बढि रगत संकलनमा सहयोग गर्ने नेपाल तामाङ घेदुङ, सृजनशिल युवा क्लब, बुद्ध युथ क्लब र नेपाल पत्रकार महासंघ पथरी शाखालाई पनि प्रमाण पत्रका सम्मान गरेको छ । सबैभन्दा बढि सेयर सदस्यता विस्तार गर्ने पाँच जना सेयर सदस्य र शेयर सदस्यकै गत वर्षको एसइइ मा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई छात्रवृद्घि स्वरुप २ हजार रुपैयाका दरले सम्मान गरिएको सस्थाका अध्यक्ष धनराज राईले वताए ।

कार्यक्रममा प्रमुख अथिति वडा नम्वर ७ का वडा अध्यक्ष कपिलमणी ढकालले सहकारी स्थानिय सरकारकाको आर्थिक समृद्घिको मेरुदण्डका रुपमा रहेको उल्लेख गर्दै नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने बताए । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष अमिर राईले नगरक्षेत्रमा रहेर पत्रकारीता गरी सहकारी विकासमा योगदान पु¥याउने एक पत्रकारलाई प्रत्येक २–२ वर्षमा सम्मान गर्ने समेत घोषणा गरेका छन् । साकोस यस वर्षको उत्कृष्ट सहकारीका सस्थाका रुपमा जिल्ला वचत तथा ऋणवाट सम्मानित पनि भएको छ ।