धरान: बर्षाले आज शनिबार उद्घाटन समारोहसँग खेल आयोजना हुन नसकेपछि एक दिन पछि सरेको २१ औं अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको नयाँ टाइसिट तयार भएको छ । 

आयोजक धरान फुटबल क्लबले शनिबार साँझ नयाँ टाइसिट तयार गरी सार्वजनिक गरेको हो । नयाँ टाइसिट अनुसार प्रतियोगिताको उद्घाटन खेल माघ २७ गते आइतबार हुनेछ । उद्घाटन खेल संकटा क्लब काठमाण्डौ र मेत्री नेत्रालय केएफटिसि, झापाबीच हुनेछ । यस्तै, माघ २८ गते नेपाल पुलिस क्लब र सहरा क्लब पोखराबीच हुनेछ भने माघ २९ गते आयोजक धरान फुटबल क्लब र कलकत्ताको डलहाउस एथलेटिकबीच हुनेछ ।

Ruslan Ad

यसैगरी, फागुन १ गते एपिएफा र डाउफिन्स क्यामरुनबीच खेल हुनेछ । फागुन २ गते पहिलो सेमीफाइनल र फागुन ३ गते दोस्रो सेमीफाइनल हुनेछ भने फागुन ४ गते नै फाइनल खेल आयोजना हुने नयाँ टाइसिट तयार गरिएको छ । प्रतियोगिताको उद्घाटन आइतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा नै हुनेछ भने समापनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि रहनेछन् ।