धरान: धरान नगरस्तरीय लोककला नृत्य महोत्सव २०७५ प्रतियोगितामा विद्यालयतर्फ धरान आदर्श बोर्डिङ स्कुल र डान्स सेन्टरतर्फ हाम्रो डान्स सेन्टर विजेता बनेको छ ।

धरान उपमहानगरपालिका अन्तर्गत धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको धरान आदर्श र हाम्रो डान्स सेन्टरले नगद १५/१५ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । प्रतियोगितामा विद्यालयतर्फ समिट स्कुल र डान्स सेन्टरतर्फ नेवा साँस्कृतिक मञ्च दोस्रो बन्यो । त्यसैगरी, तेस्रो अल्पाइन स्कुल र नृत्य बाटिका घोषित भो । दोस्रो र तेस्रो बनेका विद्यालय र डान्स सेन्टरले क्रमसः १०/१० हजार र ५/५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो ।


त्यसैगरी, सान्त्वना लिगामेन्ट स्कुल, यूनाइटेड डान्स सेन्टर र फङ फ्यूजन डान्स सेन्टर घोषित बन्दै जनही नगद १/१ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको निर्णायकहरुमा राष्ट्रिय नाचघर काठमाण्डौका केशबराज राई, धरानका नृत्य निर्देशक नन्दा राई र सरस्वती योगी रहेको प्रतिष्ठानका सदस्य सचिब हर्कजित लिम्बूले बताए । धरान सभागृहमा भएको लोककला नृत्य प्रतियोगितामा नगरका १९ वटा विद्यालय र ५ वडा डान्स सेन्टरको सहभागिता रहेको थियो ।