धरान:निर्वाणा कन्ट्री क्लब एण्ड गल्फ रिसोर्ट १८ औं बर्ष पुगेको अवसरमा आयोजित निर्वाणा कप गल्फ प्रतियोगिताको उपाधि विनोद राईले जितेका छन् ।

निर्वाणा गल्फ कोर्षमा शनिबार आयोजित प्रतियोगितामा २ अण्डर ३४ स्कोर गर्दै बेलायती सेना(ब्रिटिश आर्मी)मा कार्यरत राईले उपाधि जितेका हुन् । बर्षाले प्रभावित भएको प्रतियोगिता ९ होल मात्र खेलाइएको थियो । उनी १४ ह्याण्डीक्याप खेलाडी हुन् । उनले कुल ४१ स्कोर गरेका थिए । यस्तै, समान इभनपार ३६ स्कोर गरेका काजी राई ब्याक काउण्टको आधारमा दोस्रो भए भने एम.बि.लिम्बू तेस्रो भए । ४ ह्याण्डीक्याप खेलाडी राईले कुल ३८ खेलेका थिए भने ८ ह्याण्डीक्याप खेलाडी लिम्बूले ४० स्कोर गरेका थिए । यसैगरी, प्रतियोगितामा शुसिला राई महिलातर्फ विजेता बनिन् भने सिनियरतर्फ(६० बर्ष माथि)को विजेता बमबहादुर लिम्बू भए ।

2-golf

यस्तै प्रतियोगितामा ग्रस फस्टको पुरस्कार निरज तामाङले जिते भने ग्रस सेकेण्ड बविन्द्र राई भए । नियरेष्ट टु दि पिनको पुरस्कार सन्तोष कार्कीले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार योगेश राई, मोष्ट बर्डिज राजेश राई र र न्यु कमर खेलाडी(१६ बर्षीय) स्वीकार कार्कीले पुरस्कार पाए । विजेताहरुलाई आयोजक निर्वाण कन्ट्री क्लबका सञ्चालकद्धय शशीराम भण्डारी र कल्पना भण्डारीसँगै, प्रतियोगिताको व्यवस्थापन गरेको धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बू, प्रमुख अतिथि इलाका प्रशासन कार्यालय धरानका उपसचिव डोरेन्द्र निरौला, संघीय प्रहरी ईकाई कार्यालयका डिएसपी भीम दाहाल, नेपाल गल्फ एशोसिएशनका केन्द्रिय सदस्य एम.बि.लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको सञ्चालक भण्डारीले बताए ।

3-golf 7-golf 6-golf- 7-golf- 1 4-golf 5-golf