धरान: सिंगापुर पुलिस फोर्समा कार्यरत गल्फ खेलाडीहरुले धरान गल्फ क्लबलाई आर्थिक सहयोग गरेका छन् ।

क्लबका सदस्यहरुसमेत रहेका सिंगापुर पुलिसमा कार्यरतहरुको सिंगापुर गोर्खा गल्फिङ सोसाइटीले२ लाख ५० हजार सहयोग गरेका हुन् । गल्फ कोर्षको मर्मतसम्भारको लागि उनीहरुले पठाएको सहयोग पुुर्वसिंगापुर फोर्सका एएसपि विरेन्द्र बिक्रम लिम्बूले हस्तान्तरण गरेका थिए । निर्वाणा कप गल्फ प्रतियोगिताको पुरस्कार वितरण समारोहमा उनले क्लबका अध्यक्ष टिका लिम्बू र निवर्तमान अध्यक्ष एवं धरान वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बूलाई हस्तान्तरण गरेका थिए ।

IMG_0130

रकम हस्तान्तरण गर्दै पुर्व एएसपि लिम्बूले कोर्षलाई क्लबका सदस्य एवं गल्फ खेलाडीहरुले सहयोग पठाएको जानकारी दिए । क्लबले सो रकमलाई पाइपलाइन विछ्याएर गल्फ कोर्षलाई मर्मतसम्भार गर्न खर्च गरिने सचिव जितेन्द्र राईले बताए । ‘हामीलाई युकेबाट पनि ठुलो सहयोग आएर पानीटंकी बनाएका छौ, सिंगापुरको यो सहयोगले पाइपलाइन बिछ्याएर कोर्षलाई मेन्टेन गछौ,’उनले भने ।