धरान: बर्षाको कारणले शनिबार रोकिएको २१ औ बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन समारोह धरान रंगशालामा शुरु भएको छ ।

धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन समारोह राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यमा भइरहेको छ । शनिबार दिनभरजसो बर्षा भएपछि आयोजक धरान फुटबल क्लबले आकस्मिक बैठक बसेर उद्घाटन समारोह आजको लागि सारेको थियो ।

प्रतियोगिताको उद्घाटन खेल पुर्वतालिका अनुसार नै संकटा क्लब काठमाण्डौ र मेची नेत्रालय केएफटिसि, झापाबीच हुनेछ । बुढासुब्बाको २१ औं सँस्करणसम्म आइपुग्दा दुवै टोलीको यो तेस्रो सहभागिता हो । संकटा बुढासुब्बाको १९ औ सँस्करणमा उपविजेता भएको थियो । दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेको हो । संकटा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपविजेता टोली हो भने यो सिजनमा केएफटिसि झापाले पनि इटहरी गोल्डकप र खप्तड गोल्डकपको सेमीफाइनल खेलेको थियो । त्यसैले दुवै टिमको खेल निक्कै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान छ । Ruslan Ad