धरान:बर्षाले प्रभावित भएर एक दिन पछि सरेको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेल आइतबार पनि अनिर्णित भयो ।

धरान १६ स्थित रंगशालामा आयोजित सिएमजि संकटा क्लब काठमाण्डौं र मेची नेत्रालय केएफटिसि झापाबीच भएको उद्घाटन खेल अनिर्णितरुपमा नै स्थगित भएको हो । निर्धारित समयको खेल, टाइब्रकेर र सडन डेथमा पनि दुवै टिमबाट बराबरी गोल गरेपछि खेल निर्णयविहिन अवस्थामा नै आइतबार साँझ टुंगिएको हो । खेलअवधिभर दुवै टिमले बराबरी २–२ गोल गरेका थिए । खेलमा संकटाकोतर्फबाट जय गुरुङ र दिपेश आले मगरले गोल गरेका थिए भने केएफटिसिकातर्फबाट कर्ण लिम्बू र पुजन उपरकोटीले गोल गरेका थिए ।

aIMG_0309

त्यसपछि सिधै टाइब्रकेर भएको थियो । टाइब्रेकरमा पनि बराबरी ४–४ गोल भयो । टाइब्रेकरमा संकटाका सेड्रिक अबा, दिपेश आलेमगर, रोमन लिम्बू र लक्ष्मण रुचालले गोल गरेपनि अमित तामाङ गोल गर्न चुकेका थिए । केएफटिसिका योगेश गुरुङ, दिलेन लोक्ताम, आशिष चापागाई र शुसिल राईले गोल गरेका थिए भने विकास राई गर्न गर्न असफल भएका थिए । टाइब्रेकर पनि बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा संकटाका रवि सिलवाल, इरस्नेट टेम्प, विष्णु गुरुङ, सुवास गुरुङ, राजाबाबु थापा(गोलकिपर)ले गोल गरे भने जय गुरुङले गोल गर्न सकेनन् । केएफटिसिका पुजन उपरकोटी, निजर बस्नेत, अशोक खवास, किसोर गिरी(गोलकिपर), दिवस उराव र खमिर जिल्सन कन्दङ्वाले गोल गरे भने अशोक खवास गोल गर्न चुके ।

Ruslan Ad

सडन डेथबाट पनि खेलको निर्णय नभएपछि दुवै टिमसँग सल्लाह गरेर आयोजक धरान फुटबल क्लबले सोमबार बिहान पुनः टाइब्रेकर गर्ने घोषणा गरेको थियो । ‘११ पेनाल्टीमा पनि निर्णय भएन, लाइट(प्रकाश) पनि नपुग्ने भएपछि टिमसँग सल्लाह गरेर सोमबार बिहान टाइब्रेकर गर्ने निर्णय भएको हो,’क्लबका अध्यक्ष किसोर राईले भने । निर्णयविहिन खेलको टाइब्रेकर सोमबार बिहान पुनः ८ बजे रंगशालामा आयोजना हुनेछ । त्यसैगरी, सोमबार दिउँसो नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच दोस्रो प्रतियोगिता पनि हुनेछ ।

aIMG_0350 aIMG_0354 aIMG_0331 aIMG_0300 aIMG_0323 aIMG_0326 aIMG_0303