मोरङ : भारतीय मरेका कुखुरा पथरी बजारमा बेचिने गरेको रहस्य खुलासा भएको छ । आइतबार पथरीशनिश्चरे १० मंगलबारेबाट प्रहरीले मासुका बेच्नका लागी तयारी गरेको ११० केजी कुखुराको मासु बरामद गरेपछि सो रहस्य खुलेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बज्रगाइका अनुसार मरेका कुखुरा भारतको सिक्टी हुदै डाइनियाँको बाटाबाट पथरीका फ्रेस हाउसमा बिक्रि हुँदै आएको सुचनाको आधारमा सो बराबरको मासु वरामद गरिएको हो । वरामद मासुलाई प्रहरीले संन्चारकर्मीको रोहबरमा आइतबार साँझ नै नष्ट गरेको छ । ‘पथरी बजारमा सस्तो मुल्यमा मरेका कुखुरा विक्री हँुदै आएको सुचनाका आधारमा चेकजाँच बढाएका हौँ’ बज्रगाइले भने ।
६५ वटा कुखुरा बोरामा हालिएको अवस्थामा प्र्रहरीले बरामद गरे पनि यो कार्यमा संम्लग्नको खोजी कार्य रहेको प्रहरीले जनाएको छ । डाइनीयाँ सिक्टीको खुल्ला सिमानाको फाइदा उठाउदै मरेका कुखुरा बजारसम्म ल्याइने गरेको प्रहरीले जनाएको छ ।