पथरी : मोरङ्गको पथरीमा टाइटेनिक फन पार्क तथा रिसोर्ट स्थापना हुने भएको छ । पथरी १० जिरिखिम्ती मा स्थापना हुने फन पार्कको आइतबार शिलान्यास गरिएको हो ।

कृषा इन्भेष्टमेन्ट प्रालिले संचालन गर्ने फन पार्कमा पौडी पोखरी, पार्टी प्यालेस, चिल्डे«न पार्क र बस्नका लागी लज पनि बन्ने सञ्चालक जितेन कार्कीले जानकारी दिए । सिलान्यास संगै गरिएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कार्कीले भने आन्तरिक पर्यटकसंगै विदेशी पर्यटकलाई आर्कषित गर्न पनि रिर्साट स्थापना गर्न लागीएको बताए ।

२ बिगाह क्षेत्रफलमा बन्ने रिसोर्टमा अंग्रेजी फिल्म टाइटेनिकको स्टेचु बन्ने कार्कीले जानकारी दिए । टाइटेनिकका नायक नायीकाको स्ट्याचुले पर्यटकलाइ आर्कषित गर्ने छ, उनले भने । भवन संरचना संगै कम्पनीको शेयर स्थानीयबासीलाई समेत बिक्री गरीने लक्ष्य रहेको कार्कीले बताए । करिव १० करोड रुपैयाँ लगानी रहने रिर्साट १ वर्ष भित्रमा संञ्चालनमा ल्याइने कार्कीले बताए ।