काठमाडौं : संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ ।

महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने बताए ।

उनले लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र संघको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु भएको बताए ।

अफ्रिकन यूनियनको ३२ औं शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेतालाई अदिस अबाबामा सम्बोधन गर्दै उनले लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गरेका हुन् ।

अहिलेको समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो भन्दै उनले यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्न आह्वान गरे ।