गाईघाट : नेपालको पूर्व १ नं. प्रदेशको सप्तकोशी क्षेत्रपछि बढी पंक्षी पाइने उदयपुरको ३० किलोमिटर लामो त्रियुगा नदी किनार क्षेत्र हिजोआज पंक्षीविहीन हुन थालेको छ ।

केही वर्षदेखि त्रियुगा नगरपालिकाको उक्त नदी किनारको सीमसार क्षेत्र तीव्र रुपमा अतिक्रमण भएपछि यहाँ पाइने दुर्लभ पंक्षी हिजोआज विस्थापित भएका हुन् । स्थानीय चुहाडे गाईघाट, जोगदिह क्षेत्रदेखि चौदण्डीको हडिया, सिवाई । शुन्दरपुरको नदी किनारका बासिन्दाले अतिक्रमण गरी खेतीपाती गर्दै आएकाले दुर्लभ मानिएका चरा अहिले बस्ने र खाने आहाराको अभावमा विस्थापित भएको हडिया उत्तराई टोलका वृद्ध घुरनदास चौधरी बताउँछन् ।

केही वर्षअघिसम्म नदी किनारको सीमसारमा थुप्रै पाइने सेतो बकुल्ला, सारस, पानीहाँस, सीमकुखुरा, हुटिटयाउँ सीमसार क्षेत्र मासिएपछि पाइन छाडेको उक्त नगरपालिका १ जोगीदहका अर्का वृद्ध अमेन्द्रबहादुर खड्काको भनाई छ ।

–नागरिक पूर्वेलीबाट