धरान : २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको धरान १६ स्थित रंगशालामा आयोजित सिएमजि संकटा क्लब काठमाण्डौं र मेची नेत्रालय केएफटिसि झापाबीच आइतबार साँझ खेल अनिर्णितरुपमा नै स्थगित भएको थियो ।

निर्धा्रित समयको खेल, टाइब्रकेर र सडन डेथमा पनि दुवै टिमबाट बराबरी गोल गरेपछि खेल निर्णयविहिन अवस्थामा नै आइतबार साँझ टुंगिएको हो । खेलअवधिभर दुवै टिमले बराबरी २–२ गोल गरेका थिए । खेलमा संकटाकोतर्फबाट जय गुरुङ र दिपेश आले मगरले गोल गरेका थिए भने केएफटिसिकातर्फबाट कर्ण लिम्बू र पुजन उपरकोटीले गोल गरेका थिए ।
निर्णयविहिन खेलको सडेन डेथ अहिले केहीबेरपछि रंगशालामा आयोजना हुने छ । त्यसैगरी, आज सोमबार दिउँसो नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच दोस्रो प्रतियोगिता पनि हुनेछ ।

Ruslan Ad

aIMG_0354