धरान: आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सिएमजि संकटा क्लबले सडन डेथमा जित हात पारेको छ ।

आज बिहान भएको पेनाल्टी प्रहारमा मेची नेत्रालय केएफटिसि झापालाई सडन डेथमा हराउदै संकटा सेमीफाइनल प्रवेश गरेको छ । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएपछि दोस्रो पेनाल्टी प्रहारमा संकटाका सेड्रिक अबाले निर्णयक गोल गरे भने झापाका दिलेन लोक्ताम गोल गर्न चुके । लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके । उनीहरुभन्दा अघि संकटाका अमित तामाङ र झापाका पुजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो ।

aIMG_0303

आइतबार दिउँसो निर्धारित समयको उद्घाटन खेल २-२ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भएपनि दुवै टिमबाट ४-४ गोल भयो । त्यसपछि सडन डेथमा ६-६ पेनाल्टी प्रहार हुदा ५-५ गोलको बराबरी भएको थियो । सडन डेथबाट पनि खेलको निर्णय नभएपछि र लाइट(प्रकाश)को पनि अभावले दुवै टिमको सहमतिमा आज बिहानलाई खेल सारिएको थियो ।

म्यान अफ दि म्याच संकटाका गोलकिपर

IMG_0390

आइतबार भएको उद्घाटन खेलमा संकटाका गोलकिपर राजाबाबु थापाको प्रर्दशन राम्रो थिएन । एउटा फ्रि किक प्रहारमा सिधै गोल भएको थियो भने दोस्रो गोल कर्नर प्रहारमा झापाका खेलाडीले हेडमार्फत गोल गरेका थिए । उनको प्रर्दशनप्रति संकटाका कोच निराजन खड्का पनि सन्तुष्ट भएनन् ।

Ruslan Ad

तर, आज बिहान भएको सडन डेथमा उनै गोलकिपर थापा नायक सावित भए । उनले झापाको दोस्रो पेनाल्टी प्रहारलाई रोक्न सफल भए , जसले गर्दा संकटा सेमीफाइनलमा पुग्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । आयोजक क्लबका अध्यक्ष किसोर राईले गोलकिपर थापालाई नगद १५ हजारसहित ट्रफी दिएर पुरस्कृत गरे ।

हाम्रो ब्याड लक भयो: झापा कोच

IMG_0391

आइतबार निर्धारित समयका खेलमा २ पटक झापाले नै लिड गरेको थियो । तर, सम्हालिन नसक्दा संकटाले बराबरी गोल फर्काएको थियो । दोस्रो बराबरी गोल संकटाले ४ मिनेटको इञ्जुरी समयमा दर्शक र झापाको अपेक्षाविपरीत फर्काएको थियो । त्यति मात्र होइन, टाइब्रेकरमा पनि २ पटक लिड हुदा पनि झापाले खेल जित्न भने सकेन । ‘हाम्रो ब्याड लक भयो, संकटालाई बधाई र फाइनलको लागि शुभकामना,’झापाका कोचले भने ।

संकटाका प्रशिक्षक निराजन खड्काले आफ्ना खेलाडीहरुले अझै धेरै मेहनत गर्नबाँकी रहेको बताए । निर्धारित समयको खेलमा गोलकिपरको कमजोरीले दुवै गोल खानुपरेको उनको भनाई थियो । ‘झापालाई अवसर थियो, तर हामीले जित्यौ । फुटबल यस्तै हो, त्यसैले यसलाई निर्दयी खेल पनि भनिन्छ,’उनले भने ।