धरान: आठौ राष्ट्रिय प्रतियोगिताको लागि सुनसरी जिल्ला महिला बास्केटवल खेलाडि छनौट कार्यक्रम सम्पन्न भएको छ ।

धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सोमवार आयोजित खेलाडि छनौट कार्यक्रम वाट सुनसरीका १० जना खेलाडी छनौट भएका छन् । छनौट हुनेहरुमा डा. आशा राई, अनु राई, सितल तामाङ, तनु राई, निरुता राई, प्रिति राई, आस्था राई, प्रिति लिम्वु, सदिक्षा भट्टराई र प्रनिसा ओझा रहेको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । छनौट भएका खेलाडिहरुले सुनसरी टिमको प्रतिनिधित्व गर्नेछ । उनीहरुले आठौ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश १ टिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रदेश टिम छनौट प्रतियोगिता वाट प्रदेश १ टिमको लागि १२ जना खेलाडी छनौट हुने पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । छनौट कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, पूर्वाञ्चल बास्केटवल टिम पुर्व टिम क्याप्टेन हेमन्त राई, पूर्वाचल बास्केटवल खेलाडि नविन राई, बास्केटवल प्राविधिक चिरञ्जीवी गिरी लगायतको उपस्थिति रहेको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र दोस्रो हप्ता नेपालगञ्जमा हुनेछ ।