धरान:बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सर्वाधिक सफल टोली हो, नेपाल पुलिस क्लब । यस्तै, धरानेहरुको लागि प्रिय ठाउँ हो, पोखरा । आज बुढासुब्बा गोल्डकपको दोस्रो खेल यही दुई टोलीबीच हुदैछ ।

केही बेरमा धरान १६ स्थित रंगशालामा पुलिस र सहरा क्लब पोखराबीच खेल हुदैछ । हिजो उद्घाटन खेलमा सिएमजि संकटा क्लब र मेची नेत्रालय केएफटिसि झापाबीच सडन डेथमा पनि जितहार भएन । आज बिहान भएको सडन डेथमा संकटाले जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । अब केही समयपछि शुरु हुने दोस्रो खेलका विजता पनि अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ ।

Ruslan Ad

बुढासुब्बा गोल्डकपमा पुलिस यसकारण सफल टोली हो कि उसले हालसम्म २० औं सँस्करण आयोजना भइसक्दा ९ पटक फाइनल खेलको छ । त्यसमध्ये ४ पटक उपाधि जितेको छ भने ५ पटक भने उपविजेतामा सिमित बनेको छ । पुलिसले दोस्रो, चौथो, पाँचौ र १० औं सँस्करणमा उपाधि जितेको छ भने तेस्रो, छैटौ, १२ औं, १८ औं र २० औं सँस्करणमा उपविजेता टोली हो ।

पोखरेली टोली सहारा क्लब भने बुढासुब्बा गोल्डकपमा एक पटक मात्र फाइनल खेलेको छ । २०७० मा आयोजना भएको १५ औं सँस्करणमा सहारा फाइनल पुगेको थियो । तर,फाइनलमा अफ्रिकन युनाइटेडसँग हार व्यवहोरेपछि बुढासुब्बामा उपाधिविहिन टोलीकोरुपमा सहारा रहेकोछ । आज नेपाल पुसिल र सहारा आमनेसामने हुदा जित हात पार्ने लक्ष्यका साथ मैदानमा दुवै टोली उत्रनेछन् ।