धरान । इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको सैदान्तिक ज्ञानलाई व्याहारीक ज्ञानलाई अभ्यासमार्फत देखाउने उद्देश्यले धरानमा सोमबार प्रदर्शनी सुरु गरेको छ ।

धरान–८ प्राविधिक विद्यार्थी संगठन नेपाल (सान) पूर्वाञ्चल क्याम्पसले ‘प्रयोग’ नाम दिएर दुई दिने प्रदर्शनीसंगै प्रिितयोगिताको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्रदेश नम्बर १ इन्चार्ज एबंम अनेरास्ववियूका केन्द्रीय सचिब वसिम आलमले गरेका थिए । ‘प्रयोग’ अन्तर्गत ‘प्रोजेक्ट डेमोस्ट्रेसन’, ‘रोबो वार’, ‘रोबोरेस’ र ‘पेपर व्रिज कम्पिटिसन’ राखिएको छ ।

S7140012

त्यस्तै, क्याम्पसका सात वटा विभिन्न संकायले ४–४ का दरले विभिन्न प्रोजेक्टहरु प्रदर्शनीमा राखेको कार्यक्रम संयोजक प्रतिक श्रेष्ठले बताए । ‘क्याम्पसमा भएको ७ वटा फ्याकल्टीले विभिन्न प्रोजेक्टहरु प्रदर्शनीमा राखेको छ,’उनले भने । क्याम्पस परिषरमा ३५ वटा स्टलहरु राखिएको उनले बताए । स्टलहरुमा आर्किटेक्चर अन्र्तगत स्मार्ट मोडल घरको नमुनाहरु, हरित गृह, इको फे्रन्डली घरहरु प्रदर्शनीमा राखिएको छ । त्यसैगरी, कृर्षि इञ्जिनियरीङ अन्र्तगतको धान रोप्ने मेसिन, मकै छोड्ने मेसिन, फल टिप्ने मेसिन, प्रदर्शनीमा राखिएको छ । मेकानिकल इन्जिनियरिङले हवाइजहाजको नमुना, गो–कार्ड मेसिन, ग्राभिटेशनल भर्टेजको प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । यसैगरी, सिभिल इन्जिनियरिङले स्मार्ट सिटी, मोडल, प्रेपर ब्रिजको मोडल प्रदर्शनीमा राखिएको थियो भने इलेक्ट्रीकल कम्प्यूटर इन्जिनियरिङले विभिन्न प्रविधिहरुको सामानहरु प्रदर्शनीमा राखिएको छ ।

S7140001

प्रदर्शनीमा राखिएको प्रोजेक्ट प्रदर्शनीलाई वेष्ट आइडिया अवार्ड, वेष्ट इनोभेशन अवार्ड र अल्फा एग्रिकल्चर तथा सस्टेनेवल अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । आज पहिलो दिन रोबोवार र रोबोरेस प्रतियोगिता गराइएको छ । प्रतियोगितमा झापा, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न कलेजका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । रोबोरेसमा १४ जना प्रतिस्पर्धामा उत्रिदा रोबोवारमा ११ जनाले भिड्दै छन् । यस्तै, पेपर व्रिज प्रतियोगिता भोली मंगलबार हुने जनाइएको छ । प्रतियोगितामा रोबोवारको विजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्दा रोबोरेसको विजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

S7140013