झापा : विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउँदै व्यावसायिकता तर्फ उन्मुख गराउने उद्देश्यले विर्तामोड–६ स्थित शितल नगरमा सिलाई–कटाई तालिम सोमबारदेखि सुरु भएको छ ।

शितलनगर महिला समूहको आयोजना तथा विर्तामोड नगरपालिका वडा नं.–६ को आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका वडा नं–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले गरे ।
तीन महिनासम्म सञ्चालन हुने तालिममा विपन्न वर्गका २० जना बढी महिलाको सहभागिता रहेको तालिममा राधा डाँगीले प्रशिक्षण दिएका छन् ।
शितल नगर महिला समूहकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटनका अवसरमा प्रमुख अतिथि वडाध्यक्ष कन्दङ्वा, वडा महिला सदस्य पवित्रा कोइराला ढुङ्गाना, समाजसेवी गोपीकृष्ण प्रसाई, हेम पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कमला पोख्रेलले तालिमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उमा अधिकारीले स्वागत गरेकी थिईन् ।