धरान: धनकुटाको शहिद भूमी गाउँपालिकामा ईसाई समाज धरानले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

हरेक वर्ष स्वास्थ्य शिविर गर्दै आएको समाजले सोमबार धनकुटाको छिन्ताडस्थित अनिवार्य निशुल्क माध्यमिक विद्यालयमा शिविर गरेको हो । शिविरमा २ सय जना गाउँले तथा विद्यार्थीहरुलाई स्वास्थ्य परीक्षण गराई निशुल्क औषधीसमेत वितरण गरिएको थियो । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र प्राविधिकहरुको टोलीले स्वास्थ्य सेवा उपलव्ध गराएको थियो ।

शिविरमा २ सय जना मध्ये सबै भन्दा बढी छाला सम्वन्धी रोगी भेटिएको कुरा स्वास्थ्य टोलीमा खटिएका चर्म तथा यौन रोग विशेषज्ञा प्रा.डा. धनकेशर खडकाले जानकारी दिए । यस भन्दा अधि कुनै स्वास्थ्य शिविर नभएको सो ठाउँमा पहिलो पटक वीपी प्रतिष्ठानका डाक्टरहरुले घर आगनमा आएर स्वास्थ्य परीक्षण गरी दिदा आफुहरु साह्रै हर्षित भएको कुरा त्रिवेणीका ७७ वर्षिय टेगन राईले बताए । स्वास्थ्य टोलीमा वालवालिकका प्राडा अरुण कुमार सिह, चर्म तथा यौन रोगका प्राडा धनकेशर खडका, डा वीजी श्रेष्ठ, डाक्टर सन्तोष कुमारी अग्रवाल, डाक्टर मिलन श्रेष्ठ ,डा कृष्ण सुवेदि डा उज्वल गौतम डा रेशम कोईराला, डा नगेन्द्र प्रसाद जोशी, डा एक वहादुर तामाड, डा प्रकाश सुवेदी डा कमल प्रसाद आचार्य स्टाफ नर्स निशा श्रेष्ठ, ल्याव प्राविधिक लक्की राम सोरेन आखा प्राविधिज्ञ राज कुमार बराल रहेका थिए ।

51611081_2296346300600116_6

सोही दिन समाजले विधालयका वालवालिकालाई १२० थान विधालयको निलो सुईटर , खेलकुदका सामग्री र पंखाहरु विधार्थीहरुलाई वितरण गरेका थिए । झण्डै एक लाख वरावरको सो सामग्रीहरु र विद्यालयका प्रधानाध्यापकलाई ईसाई समाज धरानका अध्यक्ष कमल ह्युजले हस्तान्तर गरेका थिए । हस्तान्तर कार्यक्रममा बोल्नु हुदै हयुजले समाजले हरेक वर्ष वालवालिका तथा गाउँले जनताहरुको लागी आफनै साथीभाईहरुले पकेट खर्च जोगाएको रकमले सहयोग गर्दै आईरहेको मा खुसी लागेको बताए । हस्तान्तर समारोहमा धरानका पाष्टर पर्शु गुरुड , स्थानिय अभिभावक गणेश राई, कार्यक्रम सयोजक आर्टिस्ट राई, शहिदभूमी गाउँ पालिका वार्ड न १ का वडाध्यक्ष अशोक राईले पनि बोलेका थिए ।