धरान : २१ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटवल क्लबले पाहुना टोलीविरुद्ध जित हात पारेको छ ।

धरान १६ स्थित रंगशालामा आज सम्पन्न तेस्रो खेलमा डलहाउसी एथलेटिक क्लबलाई २–० ले हराउदै आयोजक क्लब सेमीफाइनल पुग्यो । धरानको जितमा मिलन राई र वर्तमान राई दुवै जनाले सुन्दर गोल गरेका थिए । दुवैले पहिलो हाफमा गोल गर्दै घरेलु दर्शकलाई खुशी दिलाए ।

Ruslan Ad

पहिलो हाफको नवौ मिनेटमा मिलन राईले धरानको खाता खोलेका थिए । डलहाउसीका खेलाडीको मिस पासमा पाएको वल एक्लै अघि बढाउदै उनले गोलपोष्टमा प्रहार गरेका थिए । उनको प्रहार कलकत्ताका गोलकिपरले रोक्न सकेनन् । यस्तै, दोस्रो गोल पहिलो हाफकै २३ मिनेटमा वर्तमान राईले गरेका थिए । योगेश राईको लामो पासमा वल पाएका वर्तमानले कलकत्ताको गोलकिपर अघि बढेको मौकामा प्रहार गर्दै जाली चुमाए । उनी खेलको म्यान अफ दि म्याच पनि घोषित भए । उनलाई समाजसेवी देवराज राईले नगद १५ हजार र ट्रफी प्रदान गरे ।

IMG_0546

दोस्रो हाफमा कलकत्ताको टोली निक्कै आक्रमक देखिए पनि गोल फर्काउन भने सकेन । दुवै टिमले दोस्रो हाफ गोलरहित बराबरी खेले । विजेता टोली धरानले अब सेमीफाइनलमा संकटा क्लबको सामना गर्नेछ । दुवै टिमबीच फागुन २ गते पहिलो सेमीफाइनल खेल हुनेछ । प्रतियोगितामा भोली बुधबार अन्तिम क्वार्टरफाइनल खेल एपिएफ क्लब काठमाण्डौ र डउफिन्स् क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

IMG_0534 IMG_0550 IMG_0573 IMG_0596 IMG_0557 IMG_0559 IMG_0558 IMG_0627