इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका घुस्कीका दुईवटै वडा कार्यालयले घुस्कीमा रहेको हिलाल पब्लिक स्कुललाई सिलाई कटाइ मेशिन तथा फर्निचर वितरण गरेको छ ।

स्कुललाई वडा नम्बर ६ र ७ का वडा कार्यालयले सिलाई कटाइ मेशिन तथा फर्निचर वितरण गरेको हो ।
वडा नम्बर ६ र ७ कार्यालयको सहयोग तथा हिलाल पब्लिक स्कुल घुस्कीद्वारा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिमको लागि दुईवटै वडा कार्यालयले सहयोग गरेको वडाअध्यक्षहरुले जानकारी दिएका छन् ।

सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने र तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गरे मात्र तालिमको औचित्य हुने वडा कार्यालयले जनाएको छ ।

वडा सदस्य दाबुद अन्सारीले तालिमका अवधिभर राम्रो संग सीप सिके मात्र आत्म निर्भर बन्न सक्ने बताउदै सबै भन्दा महत्वपुर्ण सिप भएको बताए । समापन कार्यक्रममा उत्कृष्ठ १० जनालाई निशुल्क सिलाई मेशिन प्रदान गरिने अन्सारीले बताए ।