धरान: अफ्रिकीमुलका खेलाडीहरु शारीरिकरुपमा वलिया मात्र होइनन्, उनीहरुको खेल प्राविधिकरुपमा पनि राम्रो हुन्छ । त्यसैले नेपालका ए डिभिजन क्लबहरुले विदेशी खेलाडी राख्दा सबैले अफ्रिकीमुलकै खेलाडी राखेका हुन्छन् ।

शारीरिकरुपमा वलिया र टेक्निकल खेल्ने अफ्रिकी खेलाडीहरु एकजुट भएर टिम नै बनाउदा कस्तो होला ? परिणाम केही दिनअघि पोखरामा सम्पन्न मनोकामना केवलकार पोखरा कपले देखाइसकेको छ । क्यामरुनी खेलाडीहरुको टिम छ, डफिन्स क्यामरुन । यो टिमले पोखरा कपमा पहिलो सहभागितामै उपाधि उचाल्यो । सेमीफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा स्तब्ध बनाएको डफिन्सले फाइनलमा विभागिय टोली एफिएफ क्लबलाई १–० ले हरायो ।

पोखरा कपको फाइनलमा भिडेका क्यामरुनी टोली र एपिएफ क्लब ३ दिनको अन्तरालमा पुनः आज बुढासुब्बा गोल्डकपमा भिड्दैछन् । एपिएफसँग पोखरा कपको वदला लिने सुनौलो मौका छ भने डफिन्ससँग दोस्रो उपाधिको भोक छ । त्यसैले आज पोखरा कपको फाइनलको झल्को मिल्ने गरी भिडन्त हुने पक्का छ ।

Ruslan Ad

त्यसो त धरानमा अफ्रिकन खेलाडीहरुको टिम भाग्यमानी सावित भइसकेको छ । यसअघि अफ्रिकन मुलका खेलाडीहरु मिलेर बनेको अफ्रिकन युनाइटेड क्बलले बुढासुब्बामा ३ पटक फाइनल खेलेको थियो । जसमा आठौ सँस्करण(२०६२) र १६ औं सँस्करण(२०७०) मा उपाधि जितेको थियो भने नवौं सँस्करण(२०६३) मा उपविजेता बनेको थियो । विभागीय टोली एफिएफले भने एक पटक मात्र उपाधि जितेको छ । एपिएफले १७ औं सस्ँकरण(२०७१)मा फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै च्याम्पियन बनेको थियो ।

ठिक ३ बजे शुरु

budha-subba-goldcup

यसपाली बुढासुब्बा गोल्डकप आयोजकले विगतको सँस्करणमा भन्दा व्यवस्थापन पक्षमा निक्कै सुधार गरिरहेको छ । विगतमा बर्षहरुमा दर्शक पर्खदा खेल ढिलो शुरु हुने गथ्र्यो, र समस्या हुन्थ्यो । तर, ३ खेल भइसकेको यो सँस्करणमा भने आयोजकले समयलाई निक्कै ध्यान पुर्याइरहेको छ । ‘हामी दर्शक कति छ भनेर खेल रोक्दैनौ, जति दर्शक भएपनि ठिक ३ बजे गेम शुरु गछौ,’आयोजक क्लबका अध्यक्ष किसोर राईले भने ।