धरान: क्यामरुनको डफिन्स क्लब २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल पुगेको छ ।

धरान १६ स्थित रंगशालामा आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एफिएफ क्लबलाई २–० गोलअन्तरले हराउदै डफिन्स बुढासुब्बाको सेमीफाइनल पुगेको हो । डफिन्सको लागि दुवै गोल एञ्जमा यानिकले गरे । उनले पहिलो हाफको नवौं मिनेट र दोस्रो हाफको ४९ मिनेटमा गोल गर्दै टिमलाई जिताए । उनी खेलको म्यान अफ दि म्याच पनि घोषित हुदै नगद १५ हजार हात पारे ।

Ruslan Ad

एपिएफले डफिन्ससँग पोखराको मनकामना केवलकार पोखरा कपको फाइनलमा व्यहोरेको हारको वदला लिन पनि चुक्यो । तीन दिनअघि मात्र पोखरा कपमा एपिएफ डफिन्ससँग १–० गोलले पराजित हुदै उपाधिविहिन भएको थियो । धरानमा त्यो हारको वदला लिने मौका पाएपनि शारीरिकरुपमा वलिया क्यामरुनी खेलाडीसँग एपिएफ सफल भएन । अब डफिन्सले फागुन ३ गते नेपाल पुलिस क्लबसँग दोस्रो सेमीफाइनल खेल्नेछ ।

IMG_0643

खेलमा दवै टोलीले थुप्रै मौका पाएपनि गुमाएको थियो । खेलमा एपिएफले पाएको मौवा सदुपयोग नगर्दा खेल गुमायो । दोस्रो हाफमा निक्कै आक्रामक बनेको एपिएफले डिबक्सभित्रै थुप्रै अवसर सृर्जना हुदा पनि गोल गर्न सकेन । प्रतियोगितामा भोली बिहिबार पहिलो सेमीफाइनल खेल आयोजक धरान फुटबल क्लब र लिग उपविजेता संकटा क्लबबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

IMG_0668 IMG_0709 IMG_0651 IMG_0710 IMG_0676 IMG_0673 IMG_0644 IMG_0728