विराटनगर : विशेष गरेर नेपालमा उत्पादन गरिएका जुत्ता तथा चप्पलहरुको प्रवद्र्धन तथा नेपालमा उत्पादन गरिएका जुत्ता चप्पलहरु पनि गुणस्तरिय हुन्छन भनेर आम उपभोक्ता सामु जानकारी गराउने मुख्य उदेश्यका साथ बिराटनगरमा गत माघ ९ गते देखी विराट फुटवेयर एक्स्पो मेला भैरहेको छ ।

बालाजी मिडिया हाउसद्धारा आयोजना गरिएको उक्त मेलामा आधा दर्जन भन्दा बढी नेपालमै जुत्ता चप्पल उत्पादन गर्ने कम्पनीहरुको सहभागिता रहेको मेलामा ५ सय वटा फरक फरक मोडलका जुत्ता चप्पलहरु १ सय देखी ५ हजार सम्म पर्ने जुत्ता चप्पलहरु एकै ठाउँमा पाइने छ भने हाल सम्म ३५ हजार जोडी जुत्ता चप्पल बिक्री भइसकेको र १ करोड १० लाखसम्मको आर्थिक कारोबार भइसकेको आयोजक समिती सदस्य तथा म्याजिक चप्पलका कन्ट्री हेड महेश कुमार बाहेतीेले बताए ।

मेलामा उपभोक्ताले १५ देखी ६० प्रतिशतसम्म छुट पाउनेछन् भने विकली अवार्ड स्वरुप पहिलो हप्ता ५० वटा मोवाइल र दोस्रो हप्ताको अवार्ड हिजो एउटा पत्रकार सम्मेलन गरि तृतिय हुने सोभा गुप्ता, द्धितिय हुने सबिन यादब र प्रथम हुने माया साहलाई क्रमश मिक्सर ग्राइन्डर १ थान, २० केजी माइक्रो ओभन १ थान र ३२ इन्चको एल इ डी टीभी १ थान प्रदान गरिएको थियो । यो मेला फाल्गुण ११ गते सम्म जारी रहनेछ ।