इनरुवा : सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुर शिशुवामा आगलागी भएको छ । आगलागीमा १२ वटा टिनको छानो भएको घरहरु पुर्ण रुपले जलेर नष्ट भएको छ ।

घर भित्र रहेको सबै समानहरु लत्ताकपडा, खाद्यान्न, धान, गहुँ, काठका सबै सरसामान जलेर सखाप भएको स्थानीय प्रहरी चौकी शिशुवा बसन्तपुरले जनाएको छ । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको बताइएको छ ।

आगलागीबाट अशेशर यादव को १ वटा घर, गोठ, भान्साघर, कुशुमलाल यादवको पाँच वटा घर, एउटा गाई गोठ, भान्साघर, जोगेन्द्र यादवको २ वटा घर, लिलम्बन यादवको एउटा घर,उर्मिला देवी यादवको १ वटा घर, अशोक यादवको एउटा घर र आनरुद्र यादवको एउटा घर जलेर नष्ट प्रहरीले जनाएको छ ।
आगलागी शस्त्र प्रहरी बल बिओपि बस्नतपुर, प्रहरी चोकी शिशुवा धरमपुर बस्नतपुर, स्थानीय बासी, इनरुवा नगरपालिकाको वारुणयन्त्र, दुहबी नगरपालिकाको वरुण यन्त्र, इटहरी उपमहानगरपालिकाको वारुण यन्त्रले दुई घण्टा पछी नियन्त्रणमा लिएको थियो ।
आगलागी २ बजेबाट सुरु भएको थियो भने सवा ४ मा नियन्त्रणमा आएको थियो ।