ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “जनप्रतिनिधिकै संग्लग्नतामा खोला उत्खनन्” शीर्षकको समाचार छापिएको छ । जनप्रतिनिधिको संलग्नतामा मोरङको बुढीगङ्गा गाउँपालिका ४ भवानीपुर उखु खेतीस्थित बुढी खोलामा अवैध उत्खनन् हुने गरेको पाइएको छ ।
बुढीगङ्गाको भवानीपुर–१ र २ नम्बर नाकामा पर्ने बुढीखोला क्षेत्रमा बुढीगङ्गा ४ का वडाध्यक्ष कासिम मियाँको संलग्नतामा अवैध उत्खनन् हुने गरेको स्थानीयको आरोप छ । स्थानीयको अनुसार दैनिक २÷३ वटा स्काभेटर लगाएर उत्खनन् गर्दा ठूल्ठूला खाल्डाखुल्डीहरु बढ्दै गएको छ । स्काभेटरले उत्खनन् गरेको माटो दैनिक १० देखि १५ वटा टिपरले विभिन्न ठाउँमा लैजाने गरेको स्थानीय नुर महमदले बताए । माफियालेवडा अध्यक्षलाई प्रलोभनमा पारेर खोला उत्खनन् गर्ने गरेको स्थानीयको दावि छ ।
त्यसैगरी आजको ब्लाष्ट टाइम्समा “सहकारीको नाममा लाखौँ उठाएर फरार” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सुनसरीको इटहरीस्थित खनारको एक सहकारीले बचतकर्ताको रकम लिएर सञ्चालक फरार भएको छ ।

सर्वसाधारणले बचत गरेको लाखौँ रुपैयाँ लिएर खनार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष फरार भएका हुन् । खनारमा करिब साढे ३ वर्ष अगाडी खुलेको बचत तथा ऋण सहकाारीले राखेको पैसासमेत लिई अध्यक्ष सन्तोस साह कार्यालयमा ताला लगाई फरार भएका हुन् । खनारका स्थानीय बचतकर्ता हेमलता चौधरीले भनिन् ।गाउँभरीका सर्वसाधारणले पैसा बचत गरेको भएपनि लिएर गएपछि आफुहरु समस्यामा परेको बताइन् । आफुले ६६ हजार रुपैयाँ बचत गरेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी छन् । कार्यालयमा ताला लगाएर साह फरार भएपछि उनीसंगै करिब ७० जना बचतकर्ताहरु समस्यामा चौधरीको भनाई छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “घाम तापेरै दिन बिताउँछन् जनस्वास्थ्य कर्मचारी” शीर्षकका समाचार छापिएको छ । स्थानीय तह पुर्नसंरचनापछि सदरमुकामस्थित कार्यालयहरु गाउँ–गाउँ जानेक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चाँहि अन्योलमै छ ।

कार्यालय नै अन्योलमा हुदा यहाँका कर्मचारी ४ महिनादेखि घाम तापेर दिन कटाइरहेका छन् । अहिले सदरमुकामस्थित जनस्वास्थ्य कार्यालयमा कर्मचारीको न कुनै काम छ, न उनीहरुले गत कात्तिकयता तलब–भत्ता नै पाएका छन् । कार्यालयका १७ कर्मचारीमध्ये आधाभन्दा बढी कर्मचारी कार्यालय आउँछन्, घाम ताप्छन्, कहिले पुरा समय बस्छन्, कहिले १–२ घण्टा कार्यालयमा बिताएर घर फर्किन्छन् । स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले सदरमुकामका सबैजसो कार्यालय स्थानीय तहमै पठाइसकेको छ । इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र बनाएर पाँचथरको फिदिममा डिभिजनकै रुपमा स्वास्थ्य कार्यालय स्थापना गरिएपछि यहाँको जनस्वास्थ्य कार्यालय अन्योलमा परेको हो । यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “टे«ल रेसको तयारी तीव्र” शीर्षकको अर्को समाचार पनि छापिएको छ । आगामी फागुन ४ गते हुन लागेको भोजपुर टे«ल रेसको तयारी अन्तिम चरणमा पुगेको हो । भोजपुर टे«ल रेसको सहआयोजकका अनुसार ३६ किलोमिटर लामो रेसको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
केही प्राविधिक विषयबाहेक अन्य तयारी पुरा भएको रिमाचुङ स्पोर्ट एकेडेमीका अध्यक्ष पविहाङ राईले जानकारी दिए । कार्यक्रममा सहभागी हुने देश तथा विदेशका धावकहरु भेजपुर आउने क्रमसमेत सुरु भएको छ । कार्यक्रम आयोजक तथा अन्तराष्ट्रिय म्याराथन धाविका मीरा राईसमेत भोजपुर आइपुगेकी छिन् । विश्व अल्ट्राधावक मीरा राईको जन्मथलो भोजपुरमा मीरा राई जस्तै खेलाडी उत्पादन गर्ने लक्ष्यले बर्षेनी आयोजना हुेने भोजपुर टे«ल रेसको चौँथो संस्करण हुन लागेको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “१७ वर्षदेखि लासको पर्खाइमा आमा÷बुवा” शीर्षकको समाचार छापिएको छ । मोरङ कानेपोखरी गाउँपालिका ४ का रामबहादुर धिमाल उमेरले ७० वर्ष पुग्नै लागे । सामान्य कृषि मजदुरी गरेर गुजारा गरिरहेका उनी १७ वर्षयता हराएको छोरो फर्केर आउने आशामा छन् ।

द्धन्द्धकालमा हराएका जेठो छोरा सुनिल खोज्दै उनी धेरै ठाउँ पुगे । तर नेपाली सेनाले लगेको छोरा सुनिलको अझै अत्तोपत्तो छैन । १७ वर्ष पुरा भयो अझै छोरा आउँछ कि भन्ने आश छ उनले भने, ‘२० वर्षसम्म बाटो हेर्छु ।’ रामबहादुरका छोरा सुनिलको २०५९ साल कात्तिक २० गत्ते नेपाली सेनाले कानेपोखरी ४ हर्कपुरबाट उठाएर बेपत्ता पारेको थियो । दोहमना बजारबाट फर्कने क्रममा सेननले लगेपछि उनी फर्किएका छैनन् । बजारबाट घर फर्कदै गर्दा बाटोमा भेटेका सेनाले कुटपिट गर्दै गाडीमा हाले स्थानीयले देखेका थिए ।