इलाम : भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि इलामको पूर्वी सीमावर्ती गाउँका किसानले व्यावसायिक तरकारी खेतीबाट आम्दानी राम्रो गर्न थालेका छन् ।

भारतीय व्यापारी गाडी लिएरै तरकारी बारीसम्म आउन थालेपछि किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरेका हुन् । भारतको पर्यटकीय शहर दार्जि्लिङमा तरकारीको माग बढ्दै गएपछि सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कल बरबोटे, अन्तु, समाल्बुङ क्षेत्रमा व्यावसायिक तरकारी खेती फष्टाएको हो ।

अहिले फिक्कल, पशुपतिनगर, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आएर तरकारी खरीद गरी दार्जि्लिङ पु¥याउने गरेका हुन् । उनीहरुले इस्कुस, मूला, आलु, साग, काँक्रा, बिटलगायत तरकारी लोड गरी लैजान गरेका छन् ।