धरान : नेपालकोलागी हुण्डाइ मोटरको आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालको उत्कृष्ट फेमिली गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपाली बजारमा भित्र्याएको छ । हुण्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. को १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रम सोल्टी क्राउन प्लाजा होटलमा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो ।

बजारको बदलिदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्रीएको छ ।

नयाँ स्यान्ट्रो गाडीको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश शर्मा भट्टले भने “नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा हामी अत्यन्त खुशी छौं । हुण्डाइ स्यान्ट्रोको अघिल्लो संस्करणले नेपालीहरुको मन जित्न सफल भएको थियो र यो नयाँ र मोर्डन स्यान्ट्रोले पनि ग्राहकहरुको मन जित्न सफल भई ग्राहकहरुको बदलिदो मागलाई पुरा गर्न सफल हुनेमा आशावान छौं । नयाँ स्यान्ट्रोले आफ्ना ग्राहकहरुलाई मोर्डन र प्रिमियम अनुभव दिन सफल हुनेछ ।”

नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ् क्यामरा, स्टेरिङ् माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ । नयाँ स्यान्ट्रोले नयाँ १.१ लिटर, ४– सिलेण्डर पेट्रोल इन्जिन जसले ६९ पि.एस पावर र १०.१ के.जि.एम. को टर्क प्रदान गर्नेछ । गाडीका विभिन्न विशेषताहरु जस्तै एन्टी लक देखि प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्याग रहेको छ ।