ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “स्कुल बनाउन प्रतिबन्धित रुख काटियो” शीर्षकको समाचार छापिएको छ । धनकुटाको पाख्रीबास ५ स्थित घोर्लीखर्कको ग्रामीण सामुदायिक माविको दुइकोठे भवनका लागि प्रतिबन्धित रुख कटान गरेको पाईएको छ ।
पख्रीबासका दुईवटा सामुदायिक वनबाट सरकारले प्रतिबन्ध गरेको सखुवा प्रजातिको रुख कटानगरेको पाइएको हो । सखुवाको रुख काटिएपछि स्थानीय उपभोक्ताले खुलेर विरोध गरेका छन् । माविको २ कोठे पक्की भवन बनाउने भन्दै विद्यालय व्यवस्थापन समितिले आफुखुशी स्थानीय उपभोक्तालाई जानकारी नदिई नै रुख कटान गरेको उपभोक्ताले बताएका छन् । व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले राजनितिक आडमा जल्किनी सामुदायिक वनबाट ३ वटा गरी ५ वटा रुख कटान गरेको उपभोक्ताको आरोप छ । त्यसैगरी आजको ब्लाष्ट टाइम्समा “विवादका कारण विद्यालय बन्द” शीर्षकको अर्को समाचार पनि छापिएको छ । कुनै बेला विद्यालयमा बालबालिकाको आवाजले गुञ्जयमान हुन्थ्यो । स–साना बालबालिका हल्ला खल्ला गर्दै पुग्ने गर्थे । तर अहिले विद्यालयको वरीपरिको बातावरण शान्त र विद्यार्थीको आवाजले गुञ्जिने बस्ती अहिले सुनसान भएको छ । विद्यालयको चारैतिर घाँसपात र झाडिले घेरिदाँ वातावरण नै उराठ लाग्दो देखिन्छ । सरकारले शैक्षिक गुणस्तरण सुधारको लागि भन्दै बजेटको ठुलो हिस्सा शिक्षाक्षेत्रमा लगानी गरेको छ । तर यो विद्यालय शिक्षकको भागवण्डाको विषयलाई लिएर लामो समयदेखि बन्द भएको छ । दुई समुदायको शिक्षक भागवण्डाको विवाद नमिल्दा १ वर्षदेखि विद्यालय बन्द भएको हो । २०५१ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म पठनपाठन राम्रो भएपनि २०७१ सालमा शिक्षक इन्द्रबहादुर नेपालीले अवकास पाएपछि राहत कोटा खाली भएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “भन्सार नखुल्दा तस्करी बढ्यो” शीर्षकको समाचार छापिएको छ ।
पूर्वी भारतीय सीमाको पशुपतिनगर नाका नखुल्दा व्यवसायीले सधैँ सास्ती खेप्नुपरेको छ । भन्सारबाट वैध ढंगले सामानओसार पसार गर्न नपाउँदा यो क्षेत्रबाट चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । दुईदिन अघि प्रहरीले ३ सय २० थान कम्बलसहित भारतिय नागरिकलाई पक्राउ गर्यो । भारतबाट अवेध रुपमा कम्बल ल्याउँदै गरेका व्यक्ति र बरामद कम्बल पशुपतिनगर भन्सारमा बुझाइएको छ । पशुपतिनगरमा भन्सार सेवा नहुँदा इलाममात्र नभई सिंगो पुर्वीपहाडलाई नै असर पुगिरहेको छ । तर, भन्सार खुलाउनेबारे नेपाल भारत दुवै पक्ष गम्भिर नबन्दा चोरी तस्करी चुनौती बनिरहेको छ । उद्योगी–व्यवसायी र जिल्लाबासीले पशुपतिनगर नाका खोल्न पटक पटक माग नगरेका होइनन् । तर उद्योग, वाणिज्यलगायतका मन्त्रालय र सरोकारवाला निकायमा सयौँ पटक धाउँदा पनि कुनै जोड नचलेको स्थानीय व्यवसायी बताउँछन् । त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “कार्यक्रम आउँछ, कार्यविधि आउँदैन” शीर्षकको समाचार पनि छापिएको छ । १ न्ं. प्रदेश सरकारले ताप्लेजुङका ९ स्थानीय तहमा जनता आवास कार्यक्रम अन्र्तगत ४५ वटा घर निर्माण गर्न ९० लाख बनियोजन गर्यो । आर्थिक वर्ष सुरु भएको ६ महिनापछि तयार भएको यो कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने कार्यविधि छैन । भेटनेरीअस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरअन्र्तगत सम्पर्क कार्यालय ताप्लेजुङका लागि प्रदेश सरकारले किसानलाई अनुदान तथा सहुलियत शीर्षकका ६० लाख भन्दा बढी रकम पठाएको छ । ती पनि कार्यविधि अभावमा थन्किएका छन् ।