धरान : चार पटकको विजेता नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै क्यामरुनको डफिन्स एफसि २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ ।

धरान १६ स्थित रंगशालामा शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनल खेल निर्धारित समय र टाइब्रेकरमा पनि बराबरी भएको थियो । अन्ततः डफिन्सले सडन डेथमा पुलिसलाई रोक्दै पहिलो सहभागितामै बुढासुब्बा गोल्डकपमा उपाधि नजिक पुगेको हो । अब डफिन्सले भोली शनिबारै हुने फाइनलमा आयोजक धरान फुटबल क्लबको सामाना गर्नुपर्नेछ । धरानले हिजो बिहिबार संकटा क्लबलाई टाइब्रेकरमा हराउदै १२ बर्षपछि फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Ruslan Ad

निर्धारित समयको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि बराबरीमा सकिएको थियो । समय अभावले सिधै टाइब्रेकर हुदा पनि ५–५ गोल भएको थियो । टाइब्रेकरमा डफिन्सका सिलो मार्टिन्स, पेटेङगा, विइक विइक, एलेविम र यनिक ओवोनाले गोल गरे । पुलिसबाट पनि अजित भण्डारी, देवेन्द्र तामाङ, भरत साह, तीर्थ राना मगर र हरि कठायतले टाइब्रेकरमा गोल गरेका थिए ।

IMG_1025

त्यसपछि, सडन डेथमा पुलिसका निरकुमार राईले गोल गरेपनि दोस्रो प्रहारमा बिक्रम धिमाल गोल गर्न चुके । उनको प्रहार डफिन्सका गोलकिपर प्रिसो एनजंगाले रोकेका थिए । सडन डेथमा डफिन्सका किपर प्रियोले गोल गरे भने जो एंगोलाले निर्णायक गोल गरे । सो खेलको म्यान अफ दि म्याच डफिन्सका किपर प्रिसो घोषित भए । उनले नगद १५ हजार र ट्रपी हात पारे । प्रतियोगितामा भोली शनिबार आयोजक धरान फुटबल क्लब र डफिन्स, क्यामरुनबीच फाइनल खेल हुनेछ ।

IMG_1135 IMG_1120