पथरी: मोरङ्गको पथरीशनिश्चरे १० स्थित डाँस मोरङ्गी सामुदायीक वन क्षेत्रमा एक महिलाको शव भेटिएको छ ।

सामुदायीक वनको उत्तर तर्फको जंगलमा भेटिएको शव मेचीनगर नगरपालिका खुट्टीडागी कि सावित्रा खतिवडाको भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल वजगाईका अनुसार जंगल गएका स्थानीय महिलाले महिलाको शव फेला परेको सुचना दिएका थिए । उनको हत्या वा आत्महत्या के हो भनेर तत्काल केही भन्न नसकिने प्रहरीको भनाई छ । यद्यपी, प्रहरी निरीक्षक बजगाईले भने घटनास्थलमा बिषको गन्ध पाएको बताए । 'केही विषको गन्घ आएको अवस्थामा शव फेला पारेका हौं,'वजगाँइले भने ।

मृतक ५० वर्षिय खतिवडा मंगलवारवाट परिवारको सम्पर्कमा नआएको जानकारी प्रहरीले पाएको छ । शवको पहिचान भएपछि पोष्टमार्टमका लागी मंगलवारे अस्पतालमा शव राखिएको छ । हत्या वा आत्महत्याबारे अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ । काठमाडौ बस्दै आएकी खतिवडा हराएपछि परिवारले खोजी कार्य जारी राखेको थियो । माटोको डिस्कोले पुरिएको अवस्थामा फेला परेको शवलाई प्रहरीले आफन्तको जिम्मा लगाउने निरीक्षक वजगाँइले वताए । स्थानीयले भने लुटपाट गरेर हत्याको आशंका पनि गरेका छन् ।