धरान:टिकाराम कुरुम्बाङद्धारा लिखित लिम्बू जातीको मुन्धुम सम्बन्धी पुस्तक “साम्जिक मुन्धुम”को शुक्रबार विमोचन भएको छ ।

धरानको होटल ड्रिमल्याडमा आयोजिक कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष प्राध्यापक धुब्र सुब्बाको प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन भएको हो । पुस्तकमा लिम्बूहरुले जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कार तथा सँस्कृति सम्बन्धी मुन्धुमहरु संग्रहित गरीएको छ । कार्यक्रममा किरातयाक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले मुन्धुम लिम्बूहरुको एक सामाजिक इतिहास भएकोले संरक्षण गर्दै लैजानुपर्ने धारणा राखे । उनले येबा, साम्बाहरु लोप हुदै जान थालेकोमा चिन्ता प्रकट गर्दै यस्ता कृतिहरुले मुन्धुम लिखितरुमा संग्रहित हुने बताबताए । उनले भने,“यस्ता पुस्तकहरु लिम्बु जातीको सम्पत्तिकोरुपमा लिनुपर्छ ।”

51977425_1886369218153163_1

यसैगरी चुम्लुङका संस्थापकमध्येका एक एवं चुम्लुङ सल्लाहकार नरप्रसाद लुम्फुङबाले पुस्तकमाथि टिप्प्णी गर्दै लिम्बूहरुको मुन्धुममा वर्णन भएका ठाँउहरुलाई पनि संरक्षण गर्दै पर्यटकीयस्थलको रुपमा विकास गरेर जानुपर्ने बताए । यसो गर्दा लिम्बुहरुको साँस्कृतिक थलोहरु पनि जोगिने र पर्यटन विकास पनि हुने उनको भनाई थियो । 'अब हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ,'उनले भने । प्रमुख अतिथि सुब्बालेले ८४ वर्षिय वयोवृद्धले लिम्बुहरुको मुन्धुम सम्बन्धी पुस्तक लेखेर लिम्बु समाजमा एक इटा थप्ने काम गरेको प्रसंसा गर्दै पुस्तक लिम्बू समुदायले सम्पत्तिकोरुपमा ग्रहण गर्दै जाने बताए । पुस्तक साम्जिक मुन्धुम चुम्भोले प्रकाशन गरेको हो । पुस्तक १५२ पृष्ठको रहेको छ । कार्यक्रम साम्जिक मुन्धुम चुम्भोका अध्यक्ष मानवीर लङ्वाको अध्यक्षतामा र सचिव हितराम तिल्लिङको सञ्चालनमा सम्पन्न भएको थियो ।