झापा : नेपाल कृषि प्रधान मुलुक भनिएपनि धेरै नेपालीहरु तरकारीमा समेत परनिर्भर भइरहेका छन् । तर कतिपय शहरी क्षेत्रमा भने मानिसहरु आफ्नै कौशी र करेशाबारीमा तरकारी फलाएर खाईरहेका छन् । जसले तरकारी माथिको परनिर्भता घटाउन केहि हदसम्म सहयोग गर्ने देखिएको छ ।

नेपाललाई कृषि प्रधान मुलुक भनिएतापनि अहिले धेरै मानिसहरु भारत लगायतका अन्य मुलुकबाट आउने तरकारीको भरमा छन् । कृषिप्रधान मुलुकमा बिदेशबाट तरकारी आयात गरेर खानुपर्दा स्वयंम कृषकहरु पनि सन्तुष्ट देखिदैनन् ।

तर दमक लगायतका शहरी क्षेत्रका कतिपय सर्बसाधारण भने आफ्नै कौशी र करेशाबारीमा तरकारी फलाएर खाईरहेका छन् । जसले गर्दापनि तरकारी माथिको परनिर्भरतालाई घटाउन मद्धत पुग्ने उनीहरु बताउछन् ।

यसरी घरकै करेशाबारी र कौशीमा फलाएको सागसब्जीले बाहिर पैसा खर्च नहुने हुँदाआफ्नो परिवारलाई केहि हदसम्म राहात हुने उनीहरुको बुझाई छ ।

बिशेषगरी सर्बसाधारणले घरको कौशीमा रायो साग, मुला साग, गोलभेडा, खोर्सानी, घिरौला, करेला, सिमी लगायतका सब्जी लगाउने गरेका छन् । अन्य सर्बसाधारणहरुले पनि आफ्नो कौशी र करेसाबारी तथा खाली रहेका जमिनमा तरकारीहरु लगाउने हो भने यसमा भईरहेको परनिर्भरतालाई केही हदसम्म कम गर्न सकिने देखिन्छ ।