इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ऐतिहासिक महत्व बोकेको माता मनकामना मन्दिरको संरक्षण तथा प्रवद्र्धनका लागी भन्दै यहि फागुन ८ गते देखि २० गते सम्म शिव महापुराण ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।

प्रचारप्रसारको अभावमा ओझेल पर्दै आएकोमा पुराणको माध्यमबाट मन्दिरको महत्वको बारेमा जानकारी दिन पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । बि.स २०५२ सालमा गोर्खा जिल्लाको मनकामना मन्दिरबाट दियो र कलसको संकल्प गरेर स्थानीय रामबाबु नेपाल लगायतका व्यक्तिहरुले ल्याएर इटहरीमा मन्दिरको स्थापना गरेका थिए ।
गोर्खा जिल्लामा रहेको पौराणिक तथा ऐतिहासिक महत्व रहेको हिन्दुहरुको आस्थाको मन्दिर माता मनकामनाको मन्दिरबाट ल्याएको दियो र कलसबाट स्थापना भएको मन्दिरको प्रचारप्रसारको अभावमा यस मन्दिरको महत्व घट्दै गएको छ । करिब चार कठ्ठा जमिनमा निमार्ण भएको मन्दिरमा भक्तजनको आगमन नहुदाँ मन्दिर संचालनमा समस्या परेको मन्दिर व्यवस्थापनका संयोजक रामबाबु नेपालले बताए ।

बलि बाहेकको सबै भाकल पुराहुने र गोर्खा जिल्ला सम्म गएर मनकामनाको दर्शन गर्न नसक्ने भक्तजनहरुको लागी यहाँ आउन आग्रह गर्दै नेपालले यस्को संरक्षणका लागी यहि फागुन ८ गतेबाट शिव महापुराण ज्ञान महायज्ञको आयोजना गर्न लागेको बताए । मन्दिर स्थापना भएको दुई दशक भन्दा बढि भइ सक्दा पनि उचित प्रचारप्रसारको अभावले मन्दिरको महत्व घट्दै जानुका साथै सरकारी तथा निजि स्तरबाट पहल नहुनुले पनि ओझेलमा पर्दै आएको र हाल स्थानिय सरकारको गठनसंगै वडा नम्वर ४बाट यस्को संरक्षणको पहल सुरु भएको वडा अध्यक्ष चन्द«्र भट्राईले बताए ।
पौराणिक तथा धार्मीक महत्व राख्ने यस्ता धरोहरहरुको संरक्षण गर्न सके स्थानिय क्षेत्रमा पर्यटनको बिकास संगै एैतिहासिक क्षेत्रको महत्वकोबारे आगामी सन्ततीहरुलाई बुझाउन सजिलो हुने बताए ।