धरान: २१ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपमा शनिबार डाउफिन्स एफसि, क्यामरुन च्याम्पियन भएसँगै समापन भएको छ । प्रतियोगिता सकिएसँगै एक सातासम्म चलेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी को बन्ला ? भन्ने जिज्ञासा पनि मेटिएको छ ।

Ruslan Ad

आयोजक धरान फुटबल क्लबका खम्बा अर्थात मेन डिफेन्स विष्णु सुनार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी सर्वोत्कृष्ट खेलाडी घोषणा भएपछि पुरस्कार स्वरुप डियो स्कुटर हात पारेका छन् । प्रतियोगिताको समापन समारोहमा उनलाई मुख्यमन्त्री शेरधन राईसँगै होण्डाको आधिकारिक बिक्रेता देव ट्रेडर्सका प्रतिनिधिले स्कुटरको चाबी हस्तान्तरण गरेका थिए ।

DSC_0968 1

चर्चित फुटबल खेलाडी हुन् धरान १७ निवासी विष्णु । उनी नेपाली फुटबलको रक्षापंक्तिका भरपर्दा खेलाडी हुन् । खेल जीवनको उत्तारार्धमा पनि उनी युवा जोशले मैदानमा उत्रन्छन्, र विपक्षी स्ट्राइकरलाई तगारो बनिदिन्छन् । केही समयअघि उनी पारिवारिक कारणले उनी झण्डै एक बर्ष फुटबलबाट टाढिनु पर्यो । तर पनि उनी आफुलाई फिट राख्न सफल भए । जसले गर्दा फेरी ए डिभिजन क्लबमा आवद्ध भएर फुटबलमा फर्कन सके । गएको सिजन उनी थ्री स्टारबाट लिग खेलेका थिए । यसले नै उनी आफुलाई फिट राख्छन् भन्ने प्रमाणित गर्छ ।

को को भए उत्कृष्ट ?

DSC_0952

आयोजक धरानका विष्णु सर्वोत्कृष्ट खेलाडी हुदा विभिन्न विधामा खेलाडी तथा प्रशिक्षकहरु पनि पुरस्कृत भएका छन् । फाइनल खेलमा विपक्षी डाउफिन्सको धेरै आक्रमणलाई असफल बनाएका धरानका गोलकिपर विनय श्रेष्ठ फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १५ हजार र ट्रफी पाए ।

DSC_0946

यस्तै, प्रतियोगितामा २ गोल गरेका डाउफिन्सका एञ्जमा यानिकले हाइ स्कोरर पुरस्कार(३५ हजार) हात पारे । डाउफिन्सकै प्रिसो प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए भने डाउफिन्सकै अरेल इनेम उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै, धरानका मनोज राई उत्कृष्ट डिफेन्स, हेमन्त थापा मगर उत्कृष्ट मिडफिल्ड घोषित हुदा मिलन राई उत्कृष्ट स्ट्राइकर घोषित भए । उत्कृष्ट प्रशिक्षक र खेलाडीहरुले जनही नगद २५ हजार र ट्रफी पुरस्कार पाए ।

तस्बिरहरु: सनम तामाङ

DSC_0936 DSC_0942