काठमाडौ : काभ्रे जिल्लाको भकुण्डेवेशीमा केन्द्रीय कार्यालय रहेको दिब्य लघुबित्त बित्तिय सस्था लिमिटेडले देशभरिनै आफनो शाखा विस्तार गर्ने क्रम बढाएको छ ।

राष्ट्र्रियस्तरको कार्यक्षेत्र बनाएको लघुबित्तले पछिल्लो समय प्रदेश १ का सुनसरी, मोरगं, झापा लगायतका क्षेत्रमा शाखा विस्तार गरेको थियो । लघुबित्तले अहिले आएर सिम्रौनगढ (बारा), (पर्सा) र मनहरी गाउंपालिका (मकवानपूर)मा गरी थप ३ नयां शाखा कार्यालयहरु सन्चालनमा ल्याएको जनाएको छ । उक्त तिनवटै शाखा कार्यालयहरुको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री किरण बिष्टले उद्घाटन गरेका थिए ।