झापा : दमक नगरपालिका ७ निलकण्ठ टोल स्थितमामा घरमा कोही नभएको मौकामा धनमाल चोरी भएको छ ।

बिगत १ बर्ष अगाडी देखी राकेश दाहालको घरमा १ तल्ले घरको फ्लाईट भाडामा लिएर बस्दै आएका रंजित शर्माको कोठाबाट शुक्रबार राती चोरी भएको छ ।

शनिबार दिउँसो १ बजेको समयमा राजेश दाहाल कोठामा आएपछी चोरी भएको थाहाँ पाएर प्रहरीलाई खबर गरेका थिए ।
कोठामा रहेको सामानहरु छरपस्ट पारीनुका साथै अन्दाजी ३ तोला सुन, चाँदी २५ तोला, नगद रू २२,००० गरी अन्दाजी २ लाख ३७,००० बराबरको धनमाला चोरी भएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ भने चोरी गर्ने ब्यक्तीहरुको खोजतलाश कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।