इटहरी:नेविसंघ जनता बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख भोजराज श्रेष्ठलाई स्ववियु निर्बाचनको कार्य तालिका सार्वजनिक गर्न माग गदै आईतबार ज्ञापन पत्र बुझाएको छ ।

नेबिसंघका क्याम्पस सभापति सहदेव काफ्ले, पूर्वसभापति प्रमोद भट्टराई, तथा अन्य नेबिसंघका विद्यार्थी नेताहरुले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गर्न त्रिबिलाई ध्यानाकर्षण गराउन भन्दै क्याम्पस प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।
स्ववियुको दुई बर्षे कार्यकाल फाल्गुण १४ गते सकिन लाग्दा समेत क्याम्पस प्रशासनले कुनै वास्ता नगरेको भन्दै नेबिसंघ जनता बहुमुखी इकाई कमिटिले ज्ञापन पत्र बुझाएको सभापति काफ्ले बताए ।

उनका अनुसार सत्तापक्षका विद्यार्थीहरुले नेबिसंघले स्ववियु चुनाव नगर्ने भन्दै पन्छिदैँ आएको आरोप लगाएसँगै आँफूहरुले शीघ्र रुपमा चुनाव गराउँनका लागि ज्ञापन पत्र बुझाएको हो । नेबिसंघले बुझाएको पत्र क्याम्पस प्रमुख भोजराज श्रेष्ठले बुझ्दै आफूँ सकारात्मक रहेको प्रतिक्रिया दिए । यता, अखिलले पनि स्ववियु चुनाबको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएको छ ।