ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वृद्धावस्थामा नागरिकता” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा १ सावदेनकी लाक्पा ओङ्मु शेर्पाले ५८ वर्षको उमेरमा नेपाली नागरिकता पाइन् । त्यो पनि जिल्ला प्रशासन कार्यालयले फक्ताङ्लुङ गाउँपालिकाको सिवा बजारमै आयोजना गरेको एकीकृत घुम्ती शिविरमार्फत । सावदेनबाट करिब साढे १ घण्टाको पैदल दुरीमा रहेको शिवा बजारमा आयोजना गरिएको शिविरमा पुगेकी शेर्पालाई निकै हतारो थियो । चाउरी पर्न थालेको अनुहारमा लाक्षी वुद्ध महिलाहरुको कपाल बाध्न प्रयोग गर्ने एक प्रकारको धागो को फुर्काले पसिना पुछ्दै आइपुगेकी सेर्पाले छिटो गरिदिन वडाध्यक्षलाई आग्रह गर्दै थिइन । शेर्पा जस्तै ग्रामिण भेगका महिलाहरुको बाध्यता यस्तै छ । बिहान छोराछोरीलाई खाना पकाएर खुवाउनेदेखि घरका सबै काम गर्ने जिम्मेवारी महिलाकै हुन्छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “टिपर आतङ्क रोक्न टाइम कार्ड” शीर्षकको अर्को समाचार पनि छापिएको छ । १४ जिल्लामा रहेको १ नम्बर प्रदेशमा टिपरबाट ज्यान गुमाउनेको संख्यामा प्रत्येक वर्षमा वृद्धि हुदै गएपछि ट्राफिक प्रहरीले टाइम कार्ड लागु गर्ने तयारी शुरु गरेको छ । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले टिपर चालकलाई टाइम कार्ड लगाउने तयारी गरेको हो । चालकलाई ट्राफिक नियमबारेमा सचेत गराउँदै मोरङमा टाइम कार्ड लागु गर्ने अन्तिम तयारीमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “घुससहित मालपोत कर्मचारी पक्राउ” शीर्षकको समाचार छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले आइतबार घुससहित २ जना पक्राउ गरेको छ । मालपोत कार्यालय सप्तरीका मुद्दा तथा प्रशासन फाँटका नायब सुब्बा रामनारायण शर्मा तथा कम्प्यूटर अपरेटर राजेशकुमार शाहलाई ३ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराईदिने भन्दै विभिन्न बहानामा एक जन सेवाग्राहीबाट ३ हजार लिदाँ लिदैँ पक्राउ गरेको अख्तियारले जनाएको छ । त्यसैगरी आजको नागरिक दैनिकमा “जलेर बच्चाको मृत्यु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकुमा आइतबार घरमा आगलागी हुदा बच्चाको जलेर मृत्यु भएको छ ।रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षका छोरा मौसम खातीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बन्दक बनाएर कुटपिट, प्रहरी पुग्दा ढोका बन्द” शीर्षकको समाचार छापिएको छ । विराटनगरका एक होटल सञ्चालले मध्यरातमा आफ्नै व्यवसायिक साझेदारमाथि निर्घात कुटपिट गरेका छन् । विराटनगर महेन्द्र चौकमा सञ्चालित टेन इलाभेन रेष्टुरेन्टका सञ्चालक मध्येका एक किरण लामासहित तीन जनाले अर्का साझेदार प्रह्लाद गुरागाईलाई कुटपिट गरेका हुन् । शुक्रबार मध्यरातमा विराटनगर महेन्द्र चोकमा बस्दै आएका किरण लामा, पेप्सी लामा र झापा दमकका पर्वत खड्काले निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा सम्लग्नले राति करिब साढे ११ बजे होटलमै बन्धक बनाएर कुटपिट गरेको खबर पाएपछि पुगेको प्रहरी टोलीलाई समेत अवरोध गरेका थिए ।