झापाः दमकमा कार्यालय रहेको युनिफाईड कम्पनी प्राईभेट लिमिटेडको फाईबर दिनैपिच्छे अज्ञात समूहले काट्न थालेपछि ईन्टरनेटमा प्रवाहमा समस्या आईरहेको छ ।

झापाको शिवसताक्षी नगरपालिका क्षेत्रमा दिनैपिच्छे जस्तो आफ्नो फाईबर अज्ञात समूहले काटिदिने गरेको संचालक मध्येका एक बिजय श्रेष्ठले बताए । श्रेष्ठले भने, “सेवाग्राहीको दैनीक फोन आउँछ तर समस्या खोज्दै जादा फाईबर काटिएको अवस्थामा भेट्छौं ।” दिनहुँ एकै प्रकृतिको घटना दोहोरिएपछि प्रालिले ईलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी समेत दिए । तर प्रहरीपनि त्यो अज्ञात समूह पत्ता लगाउन हालसम्म असफल नै बनेको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरिक्षक कैलाश राईसँग बुझ्दा उनले आफुहरुले रात्रीकालिन गस्तीलाई बढाएको र चाडै त्यो अज्ञात समूह प्रहरीको फन्दामा पर्ने बताए । तर प्रहरीकै आँखा अघि दिनैपिच्छे फाईबर काटिने क्रम भने रोकिएको छैन । अहिलेसम्म ५० पटक भन्दा बढि आफ्नो फाईबर काटिएको युनिफाईडको गुनाशो छ । युनिफाईडले झापाको दमक र पूर्वका छिमेकी गाउपालिका तथा नगरपालिकाहरुमा आफ्नो सेवा प्रबाह गर्दै आईरहेको छ ।