धरान: १ नं प्रदेशस्तरीय तेस्रो पुष्प व्यापार मेला २०७५ आजदेखि धरानमा शुरु भएको छ । मेला फागुन १२ गतेसम्म धरान १२ स्थित अमान कृषि बजारमा सञ्चालन हुनेछ ।

‘घर आँगन होस वा सडक किनारा, रोपी स्वदेशी फूल विरुवा बनाउ हराभरा’ भन्ने नारासहित यो मेला फ्लोरिकल्चर एशोसिएशन नेपाल, सुनसरी शाखाले शुरु गरेको हो । मेलाको मंगलबार एक समारोहबीच प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कसियैतले उद्घाटन गरेका थिए । मन्त्री कुसियैतले पुष्प व्यावसायलाई पनि उद्योगकोरुपमा विकास र विस्ता गर्नुपर्ने बताए । फुलमा देशलाई आत्मनिर्भर बनाएर रोजगार सृर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

IMG_1422

कार्यक्रममा मन्त्रालयका सचिव डा.हस्त विष्ट, धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, बेलका नगरपालिकाका मेयर दुर्गा थापा, आयोजक संस्थाका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठ, पुर्वजिविस उपसभापति वंशी मोक्तान, साविक एमालेका धरान अध्यक्ष नारायण सुवेदी, साविक माओवादी केन्द्रका संयोजक चोत्लुङलगायतले पनि बोलेका थिए ।

पुष्प मेलामा कुल ३२ स्टल राखिएका छन् । ती स्टलहरुमा मौसमी, आलंकरिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट, फुलको गानो, बिउविजन, कृर्षि औजार, उपकरणलगायतको प्रर्दशनी तथा बिक्री कक्ष भएको संयोजक प्रेमप्रसाद पराजुलीले जानकारी दिए । पुष्प मेलामा फूलको, फलफुल गरी ४ सय भन्दा बढी विभिन्न प्रजातिको विरुवाहरु राखिएका छन् । कम्तीमा २५ रुपैयादेखि ५० हजारसम्मका पनि विरुवा छन् । पुष्प मेलामा ३५ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ भने ५० लाख बढीको कारोबार हुने अनुमान छ । मेलामा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र पाँचथरलगायत जिल्लाका व्यावसायीहरु सहभागी छन् ।

IMG_1438 IMG_1418 IMG_1433 1 IMG_1439 IMG_1448 IMG_1431