विर्तामोड : झापाको कमल गाउँपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । खानामा फापर र कोदाको ढिडो र गुन्द्रकको ब्यवस्थापन गरी सो कार्यक्रमको आयोजना गरेको हो ।

dhido

झापाको कमल  गाउँपालिकाले आज प्रजातन्त्र दिवस २०७५को अवसर पारि  वडा  नम्वर ३ सानो केर्खा स्थित प्राचिन वाल्मिकी  आश्रम तथा सिमसार क्षेत्रमा  आयोजना गरेको  वृहत वाल्मिकी साहित्य सभा कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति  डाक्टर  जगमान गुरुङ्गले एक नम्बर प्रदेशको नाम कोशि राख्नुपर्ने  बताए ।

 एक नम्वर प्रदेशकोनाम कोशी  साथै सात वटै प्रदेशको नाम  नदि र हिमालको नाम ाट  राख्नुपर्ने बताए  ।

उनका अनुसार दुई नम्बर  प्रदेशको नाम मिथीला, तिनको बागमती, चारको गण्डकी, पाँचको लुम्विनी, छ को कर्णाली र सातको सेती   हुनेपर्ने बताए ।

 त्यसैगरी नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको भवन मर्मत गर्न  २० करोड दिएको   तर भवन निर्माणले मात्र  सबै पुरा नहुने भएकोले  अव मेघा रिसर्च प्रोजेक्टका लागी ५ करोड राज्यसंग माग गरेको समेत   उपकुलपति  गुरुङ्गले  जानकारी दिदै यदि राज्यले नदिए जनताबाट उठाएर भएपनि काम पुरागरेरै छोड्ने बताए ।

 साथै सोहि कार्यक्रमको अवसरमा भानुभक्त कुभिन्डेलीका दुईवटा कृति जागिरभित्रका व्यथा  कविता संग्रहर र  संस्मरणकाक्षण प्रमुख अतिथी गुरुङ्गले   विमोचन गरे ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथी  प्रध्यापक डाक्टर देवि नेपालले  वाल्मिकीको जिवनीका बारेमा जानकारी गराउदै चुरेपहाडको तपोभुमीमा बसेको समयमा वाल्मिकीले रामयण लेखेको बताउदै यस क्षेत्रलाई वाल्मिकी आश्रमको रुपमा विकास गर्नुपर्ने बताए ।

 कार्यक्रममा  प्रध्यापक डाक्टर  टंक न्यौपाने, भिम खतिवडा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र कुमार सेर्मा, प्रगतिसिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, मोरङ्गका अध्यक्ष अमृत आचार्य तथा साहित्यकार  कोमल प्रसाद पोख्रेल,  गण्डकी पुत्र, सुभद्रा अर्याल लगायत झापा, मोरङ्ग, सुनसरी र ईलामका तिन दर्जन भन्दा बढी साहित्यकारले आ–आफ्नो गजल, कविता वाचन गरेका थिए भने फरक प्रतिभा भएका कलाकार तथा साहित्यकार मातृका संग्रौलाले सिंगल र डवल मुरली नाक वाट वजाएर कार्यक्रमलाई थप रोमान्चित पारेका थिए ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपाध्यक्ष वेनुसिवाकोटीले स्वगत मन्तव्य  राखेका थिए भने  प्राचिन वाल्मिकी  आश्रम तथा सिमसार क्षेत्रका अध्यक्ष चक्र गुरुङ्गले वाल्मिकीको पृष्ठभुमीका साथै गतिविधीका बारेमा जानकारी गराएका थिए ।