झापा : झापाको शिवसताक्षी नगरपालिकामा देश्रो मेयर कप २०७५ मङ्गलबार देखी सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा सुरु भएको खेल नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोश्रो मेयर कप–२०७५को संघीय साँसद एलपी साँवाले उद्याटन गरे ।

मङ्गलबार भएको पहिलो फुटबल खेलमा भेट्रान टिम बिजयी भएको छ । भेट्रानले वडा नम्बर ३ लाई १ का बिरुद्ध २ गोलले पराजीत गरेको हो । त्यसै गरि आजै भएको कबडी खेलमा वडा नम्बर २ ले वडानम्बर १० लाई वडानम्बर ६ ले वडा नम्बर ४ लाई र वाडानम्बर ३ ले वडा नम्बर १ लाई पराजीत गरेको आयोजक समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिए । फागुन १८ गतेसम्म संचालन हुने दोस्रो मेयरकप प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट व्याडमिन्टन, चेस कवडी र करातेका खेलहरु समाबेश गरिएको छ । खेलहरु व्याडमिन्टका खेल दुधेमा र अन्य खेलहरु शिबसताक्षी–११ झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भैरहेको छ ।
खेलका बिजेता टिमहरुले फुटबल तर्फ ७५ हजार उपबिजेताले ४१ हजार त्यसैगरि त्रिकेट र भलिबलका बिजेता टिमले ५० हजार उपबिजेताले ३० हजार मेडल, ट्रर्फी र प्रमाण पत्र पाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्बा तामाङ्गले जानकारी दिए । फुटबल तर्फ आज बुधबार खेल वडानम्बर २ र वडानम्बर ६ बिच हुने आयोजकले जनाएको छ ।