केराबारी : मोरङको केराबारी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा केराबारी गाउँपालिकाको संयुक्त सहयोगमा आयोजना भएको प्रथम केराबारी गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता २०७५ मङ्गलबार सम्पन्न भएको छ ।

खेलकुद प्रतियोगितामा केरावारी रन (२.५ किमि) पुरुषतर्फ प्रथम अभिशेक श्रेष्ठ, द्धितीय अजय श्रेष्ठ र तृतीय नरेश लिम्बु भए भने १ किलोमिटरको महिलातर्फ प्रथम सन्जु तामाङ, द्धितीय पबित्रा राई र तृतीय लक्ष्मी लिम्बु भए । यसैगरी १ सय मिटर रनिङमा पुरुषतर्फ प्रथम सुर्य थापा, द्धितीय घनश्याम विक, तृतीय नरेश लिम्बु भए भने महिलातर्फ प्रथम सन्जु तामाङ, द्धितीय आरती मगर र तृतीय जोशिला लिम्बु भए ।

kerabari-2

यसैगरी पुरुष भलिबलतर्फ विजेता केराबारी ५, उपविजेता केराबारी ४ भए । महिला फुटबलमा विजेता केराबारी ६ र उपविजेता केराबारी १ भए भने पुरुष फुटबलतर्फ विजेता केराबारी ८ र उपविजेता केराबारी ६ भए ।
उक्त प्रतियोगिताको समापन समारोहमा सभापती केराबारी गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष, केराबारी गाउँपालिकाको उपाध्यक्ष शान्ती कुमारी लिम्बू, प्रमुख अतिथी मोरङ क्षेत्र नं १ ख संसद उपेन्द्र प्रसाद घिमिरे, विशेष अतिथी मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई, पुर्वान्चल क्षेत्रीय खेलकुद विकास समितीको सदस्य शान्ती पाख्रीन, के आइ एफ कुरोदयको केन्द्रिय कार्यवाहक अध्यक्ष विद्या चाम्लिङ लगाएत सम्पुर्ण वडाध्यक्षहरु, विभिन्न संघ संस्थाको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रम संचालक भने केराबारी गाउँपालिका खेलकुद विकास समितिको सचिव विवेक भुजेलले गरेका थिए ।

krrabari-1

kerabari-3

तस्विरः– सनम तामाङ