मोरङ : सुन्दरहरैँचाको गछियामा जारी सुन्दरहरैँचा एक्स्पोमा राखिएका स्टलहरुमा अवलोकनकर्ताहरुको भिड बढ्न थालेको छ । कृषि, औधोगिक, खाद्य, कपडा तथा अटो सम्बन्धीका स्टलहरु गरी १८५ वटा स्टल रहेको एक्स्पोमा खरिद गर्नेदेखि सामाग्रीहरुको जानकारी लिनेहरुको संख्या बढेको हो ।

एक्स्पोमा जुम्लामा उत्पादन हुने मार्सी चामल, महिला उघमीहरुको उत्पादन, अचार, चिया, मह जस्ता सामाग्रीहरु प्रति अवलोकनकर्ताको आकर्षण बढेको छ । बजार भन्दा सस्तो दरले सामाग्रीहरु बिक्रीमा राखिएको कारण पनि सामान खरिद गर्न सर्वसाधरण एक्स्पोमा आउने गरेको आयोजक उघोग बाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष किशोर कार्कीले बताए ।

सोमबारसम्ममा सबै स्टलहरुको कारोबार राम्रो बन्दै गएको जानकार दिदै दैनिक एक्स्पोमा अवलोकन गर्नेहरुको संख्या बढ्ने अपेक्षा गरेको उनले बताए ।
करिब ६ हजारले अहिलेसम्म एक्स्पोको अवलोकन गरेको बताउदै कार्कीले बिशेष गरी बांग्लादेशका कपडा, चिया, अचार, मार्सी चामल र घरेलु उत्पादनका सामाग्रीहरुको व्यापार राम्रो हुदै गएको बताए ।

एक्स्पोमा इटहरी, धरान, बेलबारी, लेटाङ, दमकसम्मका अवलोकनकर्ता आउने गरेको उनले बताए । अन्य महोत्सव भन्दा टिकट दर ५० रुपैयाँमात्र राखेका कारण पनि एक्स्पो अवलोकन गर्नेहरुको संख्या बढेको अध्यक्ष काकीले बताए ।

फागुन १२ गतेसम्म संञ्चालन हुने एक्स्पोमा दैनिक लोकप्रिय राष्ट्रिय कलाकारको समेत उपस्थितिले माहोल झन तातिएको उनले बताए ।