ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “समयमा आउँदैनन् सुन्दर हरैँचा नगरका कर्मचारी” शीर्षकको समाचार छापिएको छ । १० बजे सुन्दरहरैँचा नगरपालिका पुगेका सुन्दरहरैचा ३ का जगदीस राई नगरपालिकाका कर्मचारीप्रति आक्रोशित भए । ११ बजेसम्म कर्मचारी कार्यालयमा नआएको भन्दै उनले आक्रोस पोखे । उनी गनगन गर्दै थिए, ‘एक दिन हैन, दुई दिन हैन, नगरपालिकामा कर्मचारीको मनपरी भयो ।’ उनी मात्र हैन, कार्यालय समयमै पुग्ने सेवाग्राहीले घण्टौँसम्म कर्मचारी कुर्नु परेको सेवाग्राहीहरु बताउँछन् । कार्यालय समयमा कर्मचारी नआउँदा सेवाग्राही जीवन राउत बताउँछन् ।‘जग्गाको कर तिर्न आएको १ घण्टा भयो’ ११ बजेको घडी देखाउँदै उनले भने, ‘कार्यालयमा कर्मचारीहरुको मनपरी नै छ, उनीहरुको सहजमा कामीले काम लिनुपर्ने रहेछ ।’ ११ बजेसम्म एक–दुई कर्मचारीबाहेक कोही आएका थिएनन् । दमकलका कर्मचारीहरु भने घाम तापेर बसिरहेका थिए । केही अन्य शाखाका प्राविधिक कर्मचारीहरु पनि घाम ताप्दैँ गरेका भेटिए । कार्यालयमा समयमै कर्मचारी नआउँदा कार्यालय पुग्ने सेवाग्राहीहरु ह्ैरान हुने गरेका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “अवैध उत्खनन् प्रकरण छानविन गरिने” शीर्षकको अर्को समाचार पनि छापिएको छ । जनप्रतिनिधिको संलग्नतामा मोरङको बुढीगंगा गाउँपालिका ४ भवानीपुरस्थित बुढीखोलाको बगरमा अवैध रुपमा माटो र बालुवा –भरोट) उत्खनन् भएको विषयमा प्राििवधिकसहितको टोलीले छानविन गर्ने भएको छ । बुढीगंगा गाउँपालिकाले प्राविधिकको संयोजकत्वमा समिति गठन गरी छानविन गर्ने भएको हो । अवैधरुपमा उत्खनन् गरी भरोट झिकेको विषयमा समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि बुढीगंगा गाउँपालिका प्रमुख बालनन्द माझीले स्थलगत रुपमा बुधबार निरीक्षण गरे । बुढीखोला वारिपारिको क्षेत्रमा बुढीगंगा ४ का वडाध्यक्ष कासिम मियाँको संलग्नतामा उत्खनन् भएको घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख माझीले निरीक्षण गरेका हुन् । उत्खनन् गरिएको क्षेत्रमा ठुल्ठुला खाल्डाखुल्डी देखेपछि गाउँपालिका प्रमुख माझीले प्राविधिकसहितको एउटा छानविन टोली गठन गरी चाडैँ यसको छानविन गर्ने बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “उदयपुरमा भोकमरी राहत दिन सांसदको माग” शीर्षकको समाचार छापिएको छ । उदयपुरको लिम्चुङबुङ र रौतामाइ गाउँपालिकाका केही वडामा भोकमरी लागेको छ । भोकमरीको कारण स्थानीयको अवस्था दयनिय भएकाले तत्काल राहतको व्यवस्थ ागर्न सांसद नारायणबहादुर मगरले प्रदेश सरकारसंग माग गरेका छन् । बुधबारको संसद् बैठकको शुन्य समयमा बोल्दै मगरले उदयपुरको लिम्चुङबुङ गाउँपालिका १, २ , ४ तथा रौतामाईको ३ र ५ नम्बर वडामा सुख्खा लागेर बर्खे र हिउँदे बालीको उब्जनी नभएको जानकारी दिए । कृषिमा निर्भर स्थानीयलाई सुख्खा लागेर बालीनाली उत्पादन नभएपछि जीवन धान्न मुस्किल परेको मगरले बताए । उनले तत्काल सुख्खापिडित स्थानीयलाई उचित राहतको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरे ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “दुई बालिका बलात्कृत, फरार प्रतिवादी पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सिरहाको धनगडीमाई र गोलबजार नगरपालिकामा मंगलबार दिउँसो दुई बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारका फरार ३ जना प्रतिवादीलाई बुधबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार दिउँसो करिब ५ बजे धनगडीमाई नगरपालिका २३ स्थित चन्डेरा जंगलमा दाउरा लिन गएकी १७ वर्षीय बालिकालाई सोही वडाका खजनपुर बस्ने २४ वर्षीय श्रीराम यादवलाई बुधबार प्रहरीले गाउँबाटै पक्राउ गरेको छ । मंगलबार दिउँसो करिब २ बजे गोलबजार नगरपालिका १० की १२ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका छोपी सोही ठाउँका २१ वर्षीय दिपक राईले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित पक्षबाट किटानी जाहेरीपछि राईलाई पक्राउ गरी कारबाही चलाईएको छ ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “अस्टे«लिया पढ्न गएका हजारौँ नेपाली विद्यार्थीहरु अलपत्र” नेपालबाट अस्टे«लियामा विद्यार्थीहरु पठाउने व्यापार गर्ने अल्फाविटा, एक्सपर्ट जस्ता विभिन्न ८ कन्सलटेन्सीहरुबाट अस्टे«लियामा अध्ययनरत नेपाली विद्यार्थीहरु अलपत्र परेका छन् ।अस्टे«लियाको सिड्नीमा रहेका हजार हाराहारी नेपालीहरुलाई कन्सल्टेन्सीले लाखौँ रकम लिएर भर्ना गरिएको कलेज नै दर्ता नभएको पाइएसंगै विद्यार्थीहरु अलपत्र परेका हुन् । एकदखि डेढवर्षसम्म दर्ता प्रक्रियामै रहेको अस्टे«लियाको सिड्नीमा रहेको एआईबिटी –एसियन इन्टिच्युट अफ विजेनेस एण्ड टेक्नोलोजी) मा पढ्ने नर्सिङका विद्यार्थीहरु अलपत्र परेका हुन् । अस्टे«लियन सरकारले सो कलेजलाई दर्ता नै नगरी उसको निवेदन खारेज गरिदिएपछि नेपाली विद्यार्थीहरु अलपत्र परेका हुन् ।

औजार : आजको औजार दैनिकमा “धरानको देशिलाइनमा ५० फुटको सडक” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिकाको व्यस्त बजार क्षेत्र देशि लाइन सडक ५० फुटको बन्ने भएको छ । धरानको गौरवको योजनामा समेत रहेको सडक निर्माणको लागि अहिले देशिलाइनका घरहरु धमाधम भत्काउने काम भइरहेको छ । वडा नं. २ मा पर्ने भानुचौकदेखि भौडिसम्मको सडकको लम्बाई १ सय ७५ मिटर रहेको छ । सडक बनाउँदा दायाँ–बायाँ ७÷७ फुट डे«न र फुटपाथ बन्ने र जम्मा ३६ फुट सडक पिच हुने धरान उपमहानगरपालिकाका इन्जिनियर सौहार्द श्रेष्ठले जानकारी दिए । नगर गौरवको योजना भएपछि बजेटको कमि नहुने २ नं. वडाका वडाध्यक्ष माधव गोविन्द श्रेष्ठले बताए ।